अग्रवालको घरमा छापा तस्करी गिरोहमा केही अवकाशप्राप्त उच्चप्रहरीको समेत ‘लिंक’ भेटिएयो
सुन तस्करीका मुख्य लगानीकर्ता ठानिएका मोहन अग्रवाल (एमके) को घरमा छापा हानी प्रहरीले तस्करीका थप महत्वपूर्ण विवरणहरु बरामद गरेको छ। जसबाट तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको विशेष छानबिन समितिले जनाएको छ।
‘उनको घरबाट दर्जनौं बैंकका चेकबुकहरु बरामद भएका छन्,’ छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले न्युज नेपाल सँग भने, ‘कम्प्युटर र कागजपत्रहरु समेत बरामद भएको छ, जसबाट तस्करीका अन्य नाइकेहरुको संलग्नता खुल्ने अपेक्षा गरेका छौं।’
सहसचिव पौडेलका अनुसार ३० लाख रुपैयाँभन्दा धेरै नगद, केही थान सुनका बिस्कुट, सुनका गहना, एउटा गाडी अग्रवालको घरबाट बरामद भएको छ। अग्रवाल तस्करीका मुख्य लगानीकर्ता हुन्। भारतीय गिरोहसँग मिलेर उनले सुन तस्करीमा करोडौं लगानी गरेका थिए।
३८ सय केजी सुन तस्करीको अनुसन्धान सुरु भएलगत्तै अग्रवाल भारत भागेका थिए। उनको घरमा २ महिनादेखि ताला लागेको थियो। घरमा २ महिनायता प्रहरीले निगरानी गरे पनि उनी नआएपछि छापा हानिएको स्रोत बताउँछ।
अनुसन्धानको क्रममा विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा धेरै लगानी अग्रवालको हुने गरेको थियो। उनको गिरोहमा कोको थिए भन्ने कुरा उनको बैंकिङ कारोबार र कम्प्युटरमा रहेका विवरणबाट प्राप्त हुने छानबिन समितिको अपेक्षा छ। त्यसबाट ‘ठूला माछा’ भनिएका अन्य व्यक्तिहरु पक्राउ पर्ने सम्भावना रहेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ।
अग्रवाल चाँदी तस्करीमा समेत संलग्न
अग्रवालको घरबाट ठूलो मात्रामा चाँदीसमेत बरामद भएको सहसचिव पौडेलले बताए। ुचाँदीका ढिक्का, सिक्का, बिस्कुट बरामद भएको छ। एउटै ढिक्का डेढ केजीसम्मको बरामद भएकाले उनी चाँदीको तस्करीमा समेत संलग्न रहेको खुलेको छ,ु उनले भने।
उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएकाले नगद तथा गाडीहरु बरामद गरिएको समितिले जनाएको छ।
समितिले सो प्रकरणमा अन्तिम चरणको अनुसन्धान गरिरहेको छ। अग्रवालबाट बरामद कागजपत्रबाट गिरोहका माथिल्लो तहका व्यक्तिहरु संलग्न हुन सक्ने समितिका अधिकारीहरु बताउँछन्।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूहरु तस्करीमा संलग्न ‘ठूला माछा’को नजिक पुगेको बताएका थिए। स्रोतका अनुसार तस्करी गिरोहमा केही अवकाशप्राप्त प्रहरीको समेत ‘लिंक’ भेटिएको छ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











