कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल : नेता शाही
सुर्खेत, २८ जेठ। नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताएका छन् ।
कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५÷०७६ नीति तथा कार्यक्रमलाई उनले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिए ।
नेता शाहीले “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ, यसमा सरकारको आफ्नो योजना देखिएन,” भने ।
उनले भने, “नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएकोे छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ ।”
प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउनका लागि राजश्व उठाउने संरचना पनि तयार नगरेको उल्लेख गर्दै नेता शाहीले पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताए ।
प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले पनि सरकारको नीति तथा कार्यक्रमले सस्तो लोकप्रियतालाई मलजल गरेको टिप्पणी गरे ।
बढी महत्वाकांक्षी भएकाले सरकारको नीति तथा कार्यक्रमबाट कर्णालीको तत्कालीन गरिबी अन्त्य गर्न नसक्ने बताउँदै उनले बिगतको संस्कारलाई नै प्रदेश सरकारले अंगालेको आरोप लगाए ।
सत्तापक्षका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य, परिकल्पना र विकासप्रतिको प्रतिबद्धता ठीकै भएको बताए ।
यद्यपि यसको प्राथमिकता निर्धारण हुन नसक्दा यो वास्तविकताभन्दा अलि टाढा रहेको जस्तो देखिएको छ, उहाँले भन्नुभयो, “क्षेत्रीय सन्तुलन कायम गर्न सडक, जलविद्युत्, कर्णाली पर्यटन हव, प्रादेशिक विमानस्थल र प्रादेशिक स्वास्थ्य संरचना निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिइनुपर्छ ।”
सत्तापक्षकै अर्का सदस्य कौशिला खत्रीले नीति तथा कार्यक्रम तत्कालीनभन्दा पनि दीर्घकालीन आवश्यकता पूरा गर्ने बताए।
सारमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले सर्वाङ्गीण वर्ग, क्षेत्र र पक्षलाई समेट्न खोजे पनि सीमान्तकृत, अल्पसंख्यक वर्गलाई छुन नसकेको र अझै महिलामैत्री बन्न नसकेको उहाँको प्रतिक्रिया थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












