कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल : नेता शाही
सुर्खेत, २८ जेठ। नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताएका छन् ।
कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५÷०७६ नीति तथा कार्यक्रमलाई उनले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिए ।
नेता शाहीले “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ, यसमा सरकारको आफ्नो योजना देखिएन,” भने ।
उनले भने, “नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएकोे छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ ।”
प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउनका लागि राजश्व उठाउने संरचना पनि तयार नगरेको उल्लेख गर्दै नेता शाहीले पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताए ।
प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले पनि सरकारको नीति तथा कार्यक्रमले सस्तो लोकप्रियतालाई मलजल गरेको टिप्पणी गरे ।
बढी महत्वाकांक्षी भएकाले सरकारको नीति तथा कार्यक्रमबाट कर्णालीको तत्कालीन गरिबी अन्त्य गर्न नसक्ने बताउँदै उनले बिगतको संस्कारलाई नै प्रदेश सरकारले अंगालेको आरोप लगाए ।
सत्तापक्षका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य, परिकल्पना र विकासप्रतिको प्रतिबद्धता ठीकै भएको बताए ।
यद्यपि यसको प्राथमिकता निर्धारण हुन नसक्दा यो वास्तविकताभन्दा अलि टाढा रहेको जस्तो देखिएको छ, उहाँले भन्नुभयो, “क्षेत्रीय सन्तुलन कायम गर्न सडक, जलविद्युत्, कर्णाली पर्यटन हव, प्रादेशिक विमानस्थल र प्रादेशिक स्वास्थ्य संरचना निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिइनुपर्छ ।”
सत्तापक्षकै अर्का सदस्य कौशिला खत्रीले नीति तथा कार्यक्रम तत्कालीनभन्दा पनि दीर्घकालीन आवश्यकता पूरा गर्ने बताए।
सारमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले सर्वाङ्गीण वर्ग, क्षेत्र र पक्षलाई समेट्न खोजे पनि सीमान्तकृत, अल्पसंख्यक वर्गलाई छुन नसकेको र अझै महिलामैत्री बन्न नसकेको उहाँको प्रतिक्रिया थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












