विश्वको ध्यान खिचिरहेको ट्रम्प-किम वार्ताका लागि सुरक्षामा गोर्खा सैनिक तैनाथ
गोर्खा सैनिकको सान र मनोबल उच्च रहेकाले नै यो जिम्मेवारी पाएको सिंगापुरको सरकारले जनाएको छ
काठमाडौं । सिंगापुरमा हुन लागेको शिखर वार्ताको सुरक्षाका लागि गोर्खा सैनिकले जिम्मेवारी पाउनु ने ठूलो कुरा हो । भोली अर्थात मंगलबार अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोतियाली नेता किम जोङ उनबीच भेटवार्ता हुँदैछ । यो वार्तालाई यो शताब्दीकै उच्च महत्वको कुटनीतिक वार्ता भनिएको छ ।
खैरो बर्दी र हतियारले सुसज्जित गोर्खा सैनिक अफिसरहरु उच्च सुरक्षा सतर्कताका साथ सेन्ट रेजिस सिंगापुरअघि देखापरे, जहाँ आइतबार दिउँसो किम आइपुगेका थिए ।
उसोत: ट्रम्प र किमले सुरक्षाका लागि आधुनिक हात हतियारले सुसज्जित सुरक्षाकर्मीहरु ल्याएका छन् । किमका सुरक्षाकर्मी गाडीमा यताउता हिँडिरहेका देखिन्छन् ।
सिंगापुरले नेपालका युवा र बलिया व्यक्तिलाई सन् १९४९ देखि सिगापुर पुलिसमा भर्ती गर्न थालेको हो । हालसम्म सिंगापुरमा १८०० गोर्खा सैनिक अधिकृत छन् । उनीहरु नियमित रुपमा उच्च सुरक्षा कार्यमा खटिएका हुन्छन् ।
ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गर्न पाउनुलाई गोर्खाहरुले आफ्नो महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएका छन् । ‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षा गर्न पाउनु गोर्खाहरुका लागि धेरै नै गर्व गर्नलायक जिम्मेवारी हो’ बेलायती सेनामा ३७ वर्ष सेवा गरेका कृष्णकुमार आलेले भने ‘हामीलाई संसारका महत्वपूर्ण दुई व्यक्तिले आफ्नो सुरक्षाका लागि विश्वास गरेको देखियो ।’
सन् २०१५ मा सिंगापुरमा भएको सांग्रिला डायलगमा विश्वका धेरै देशका रक्षा मन्त्री र उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए । त्यस क्रममा गोर्खा सैनिकले गोली हानेर एक जना ड्राइभरलाई मारिदिएका थिए । ती ड्राइभरले सम्मेलनस्थलको बाहिर आफ्नो कारले बाटो अवरुद्ध गरेका थिए । यद्यपी त्यस घटना सुरक्षासँग सम्बन्धित नभइ लागू औषधसँग सम्बन्धित भएको पाइएको थियो ।
ट्रम्प र किमबीचको वार्तामा ५ हजार प्रहरी परिचालन हुने सिंगापुरका कानुन तथा आन्तरिक मामिला मन्त्री के सानमुगमले आइतबार बताएका छन् । सिंगापुर प्रहरीभित्र गोर्खा सैनिक विशेष रुपमा रहनेछन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












