विश्वको ध्यान खिचिरहेको ट्रम्प-किम वार्ताका लागि सुरक्षामा गोर्खा सैनिक तैनाथ
गोर्खा सैनिकको सान र मनोबल उच्च रहेकाले नै यो जिम्मेवारी पाएको सिंगापुरको सरकारले जनाएको छ
काठमाडौं । सिंगापुरमा हुन लागेको शिखर वार्ताको सुरक्षाका लागि गोर्खा सैनिकले जिम्मेवारी पाउनु ने ठूलो कुरा हो । भोली अर्थात मंगलबार अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोतियाली नेता किम जोङ उनबीच भेटवार्ता हुँदैछ । यो वार्तालाई यो शताब्दीकै उच्च महत्वको कुटनीतिक वार्ता भनिएको छ ।
खैरो बर्दी र हतियारले सुसज्जित गोर्खा सैनिक अफिसरहरु उच्च सुरक्षा सतर्कताका साथ सेन्ट रेजिस सिंगापुरअघि देखापरे, जहाँ आइतबार दिउँसो किम आइपुगेका थिए ।
उसोत: ट्रम्प र किमले सुरक्षाका लागि आधुनिक हात हतियारले सुसज्जित सुरक्षाकर्मीहरु ल्याएका छन् । किमका सुरक्षाकर्मी गाडीमा यताउता हिँडिरहेका देखिन्छन् ।
सिंगापुरले नेपालका युवा र बलिया व्यक्तिलाई सन् १९४९ देखि सिगापुर पुलिसमा भर्ती गर्न थालेको हो । हालसम्म सिंगापुरमा १८०० गोर्खा सैनिक अधिकृत छन् । उनीहरु नियमित रुपमा उच्च सुरक्षा कार्यमा खटिएका हुन्छन् ।
ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गर्न पाउनुलाई गोर्खाहरुले आफ्नो महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएका छन् । ‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षा गर्न पाउनु गोर्खाहरुका लागि धेरै नै गर्व गर्नलायक जिम्मेवारी हो’ बेलायती सेनामा ३७ वर्ष सेवा गरेका कृष्णकुमार आलेले भने ‘हामीलाई संसारका महत्वपूर्ण दुई व्यक्तिले आफ्नो सुरक्षाका लागि विश्वास गरेको देखियो ।’
सन् २०१५ मा सिंगापुरमा भएको सांग्रिला डायलगमा विश्वका धेरै देशका रक्षा मन्त्री र उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए । त्यस क्रममा गोर्खा सैनिकले गोली हानेर एक जना ड्राइभरलाई मारिदिएका थिए । ती ड्राइभरले सम्मेलनस्थलको बाहिर आफ्नो कारले बाटो अवरुद्ध गरेका थिए । यद्यपी त्यस घटना सुरक्षासँग सम्बन्धित नभइ लागू औषधसँग सम्बन्धित भएको पाइएको थियो ।
ट्रम्प र किमबीचको वार्तामा ५ हजार प्रहरी परिचालन हुने सिंगापुरका कानुन तथा आन्तरिक मामिला मन्त्री के सानमुगमले आइतबार बताएका छन् । सिंगापुर प्रहरीभित्र गोर्खा सैनिक विशेष रुपमा रहनेछन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












