विश्वकप खेल्ने ५ कप्तानका रोचक कुरा, जो कहिल्यै सुनिएको छैन्
काठमाडाैं २९, जेष्ठ । रसियामा हुन गइरहेको विश्वकप सुरु हुन थोरै समय बाँकी हुँदा यससम्बन्धि विभिन्न कुराहरुले बजार तताउने गर्दछन् । विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रमध्येबाट खेल्ने खेलाडी कोहि युवा छन् बने कोहि पाका र अनुभवि । कोहि भर्खरै डेब्यु गर्दै छन् भने कोहि चर्चित खेलाडी पनि छन् ।
तैपनि विश्वकप सुरु हुनुअघि फिफाले ३२ मध्ये यी ५ कप्तानको बारेमा विशेष सामाग्री तयार पारेको छ।
नेमार, ब्राजिल
बिना प्रश्न नेमार विश्वकै ठूला फुटबल स्टारमध्ये एक हुन्। २६ वर्षे नेमारलाई विश्वकपका लागि केही समयअघि ब्राजिलको कप्तानी दिइएको हो। र उक्त आर्मब्यान्डसँगै उनीसामु ब्राजिललाई छैटौं विश्वकप उपाधि उचाल्ने दायित्व छ र चारवर्ष अघि घरेलु मैदानमै भएको टुर्नामेन्टको पिडालाई बिर्साउने चुनौती छ। फ्रेब्रुअरीमा घाइते भएपछि पहिलोपटक मैदान उत्रेको नेमारले क्रोएसिया विरुद्धको वार्मअप म्याचमा मैदान फर्किँदै गोल गरेका थिए।
आरोन गुनरसन, आइसल्याण्ड
पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय फुटबलमा आइसल्याण्डले पाएको सफलताको कथा प्रेरणादायी छ। आइसल्याण्ड सन् २०१५ मा पहिलो पटक युरोकपमा छनोट भएको थियो। २०१६ मा भएको युरोमा आइसल्याण्ड आयोजक फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।
रसिया विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्डका लागि कप्तान गुनरसनले पुन: एकपटक चार वर्षअघि फ्रान्समा देखाएको जस्तै प्रदर्शन देखाउन आफ्नो देशलाई नेतृत्व गर्दैछन्।
राडेमेल फाल्काओ, कोलम्बिया
सन् २०१४ को ब्रजिल विश्वकपमा फाल्काओ कप्तानमा छनोट भएका थिए। तर घुँडा लिगामेन्टको चोटका कारण उनले विश्वकप गुमाए।
त्यसबेला कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो तर कोलम्बियाका सर्बाधिक गोलकर्ताले यी सबै दृश्य टेलिभिजनमा मात्र हेर्न पाए। जिन्दगीले कहिलेकाँही दोस्रो मौका पनि दिन्छ र यी स्ट्राइकर लस क्याफेटरोसको कप्तानी सम्हाल्न तयार छन् र आफ्नो देशको इतिहासको इतिहासमा नयाँ अध्याय थप्न तयार छन्।
एसान हल हदारी, इजिप्ट
सबैभन्दा पाको उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फर्याद मोन्ड्रागोनको नाममा छ। उनले सन् २०१४ को ब्राजिल विश्वकपमा ४३ वर्ष ३ दिनका दिन विश्वकप खेलेका थिए।
अहिले चार वर्षपछि नै उनको उक्त कीर्तिमान खतरामा परेको छ। इजिप्टका कप्तान तथा गोलकिपर एसा हल हदारीले ४५ वर्ष १५० दिन हुँदा रसिया विश्वकपमा पहिलो खेल खेल्नेछन् र विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान लेखाउनेछन्।
ह्यारी केन, इंग्ल्याण्ड
ह्यारी केन उमेरमा अहिले २४ वर्षका भए। यद्यपी गोलको लागि उनको नजर र नेतृत्वदायी क्षमताका कारण इंग्ल्याण्डका म्यानेजर ग्यारेथ साउथगेटलाई उनलाई विश्वकपमा कप्तानको आर्मब्याण्ड दिन प्रेरित गर्यो। यसअघि वायन रुनी, जोन टेरी, डेभिड बेकहम, ग्यारी लिनेकर जस्ता खेलाडीले जुन लगाएका थिए।
टोट्नह्याम हट्सपुरका स्ट्राइकर केनले क्लब लेभलमा पछिल्ला चार सिजनमा १०० बढी गोल गरिसकेका छन्। उनी रसिया विश्वकपकै युवा कप्तान हुनेछन्।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












