विश्वकप खेल्ने ५ कप्तानका रोचक कुरा, जो कहिल्यै सुनिएको छैन्
काठमाडाैं २९, जेष्ठ । रसियामा हुन गइरहेको विश्वकप सुरु हुन थोरै समय बाँकी हुँदा यससम्बन्धि विभिन्न कुराहरुले बजार तताउने गर्दछन् । विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रमध्येबाट खेल्ने खेलाडी कोहि युवा छन् बने कोहि पाका र अनुभवि । कोहि भर्खरै डेब्यु गर्दै छन् भने कोहि चर्चित खेलाडी पनि छन् ।
तैपनि विश्वकप सुरु हुनुअघि फिफाले ३२ मध्ये यी ५ कप्तानको बारेमा विशेष सामाग्री तयार पारेको छ।
नेमार, ब्राजिल
बिना प्रश्न नेमार विश्वकै ठूला फुटबल स्टारमध्ये एक हुन्। २६ वर्षे नेमारलाई विश्वकपका लागि केही समयअघि ब्राजिलको कप्तानी दिइएको हो। र उक्त आर्मब्यान्डसँगै उनीसामु ब्राजिललाई छैटौं विश्वकप उपाधि उचाल्ने दायित्व छ र चारवर्ष अघि घरेलु मैदानमै भएको टुर्नामेन्टको पिडालाई बिर्साउने चुनौती छ। फ्रेब्रुअरीमा घाइते भएपछि पहिलोपटक मैदान उत्रेको नेमारले क्रोएसिया विरुद्धको वार्मअप म्याचमा मैदान फर्किँदै गोल गरेका थिए।
आरोन गुनरसन, आइसल्याण्ड
पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय फुटबलमा आइसल्याण्डले पाएको सफलताको कथा प्रेरणादायी छ। आइसल्याण्ड सन् २०१५ मा पहिलो पटक युरोकपमा छनोट भएको थियो। २०१६ मा भएको युरोमा आइसल्याण्ड आयोजक फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।
रसिया विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्डका लागि कप्तान गुनरसनले पुन: एकपटक चार वर्षअघि फ्रान्समा देखाएको जस्तै प्रदर्शन देखाउन आफ्नो देशलाई नेतृत्व गर्दैछन्।
राडेमेल फाल्काओ, कोलम्बिया
सन् २०१४ को ब्रजिल विश्वकपमा फाल्काओ कप्तानमा छनोट भएका थिए। तर घुँडा लिगामेन्टको चोटका कारण उनले विश्वकप गुमाए।
त्यसबेला कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो तर कोलम्बियाका सर्बाधिक गोलकर्ताले यी सबै दृश्य टेलिभिजनमा मात्र हेर्न पाए। जिन्दगीले कहिलेकाँही दोस्रो मौका पनि दिन्छ र यी स्ट्राइकर लस क्याफेटरोसको कप्तानी सम्हाल्न तयार छन् र आफ्नो देशको इतिहासको इतिहासमा नयाँ अध्याय थप्न तयार छन्।
एसान हल हदारी, इजिप्ट
सबैभन्दा पाको उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फर्याद मोन्ड्रागोनको नाममा छ। उनले सन् २०१४ को ब्राजिल विश्वकपमा ४३ वर्ष ३ दिनका दिन विश्वकप खेलेका थिए।
अहिले चार वर्षपछि नै उनको उक्त कीर्तिमान खतरामा परेको छ। इजिप्टका कप्तान तथा गोलकिपर एसा हल हदारीले ४५ वर्ष १५० दिन हुँदा रसिया विश्वकपमा पहिलो खेल खेल्नेछन् र विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान लेखाउनेछन्।
ह्यारी केन, इंग्ल्याण्ड
ह्यारी केन उमेरमा अहिले २४ वर्षका भए। यद्यपी गोलको लागि उनको नजर र नेतृत्वदायी क्षमताका कारण इंग्ल्याण्डका म्यानेजर ग्यारेथ साउथगेटलाई उनलाई विश्वकपमा कप्तानको आर्मब्याण्ड दिन प्रेरित गर्यो। यसअघि वायन रुनी, जोन टेरी, डेभिड बेकहम, ग्यारी लिनेकर जस्ता खेलाडीले जुन लगाएका थिए।
टोट्नह्याम हट्सपुरका स्ट्राइकर केनले क्लब लेभलमा पछिल्ला चार सिजनमा १०० बढी गोल गरिसकेका छन्। उनी रसिया विश्वकपकै युवा कप्तान हुनेछन्।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












