सलमान खानको फिल्म रेस ३ को लगानी रिलिज अघि नै उठ्यो
सलमान खान अभिनित फिल्म ‘रेस ३’ले रिलिजअघि नै लगानी उठाएको छ । एक टेलिभिजन नेटवर्कले स्याटेलाइट राइट्सवापत फिल्मलार्इ १३० करोड भारू तिरेको छ । यही सम्झौताका कारण फिल्मको लगानी उठेको हो ।
स्याटेलाइट राइट्समा यसले आमिर खानको ‘दंगल’को रेकर्डलार्इ तोडेको छ । ‘दंगल’ले स्याटेलाइट राइट्सबाट ११० करोड भारू उठाएको थियो । निर्माता रमेश तौरानीले ‘रेस ३’जस्तो महँगो बजेटका फिल्मका लागि स्याटेलाइट राइट्सवापत आउने रकमले राहत दिइरहेको बताएका छन् । आगामी शुक्रबार रिलिज हुन लागेको ‘रेस ३’को बजेट १३० करोडभन्दा कम नै रहेको स्रोतको दावी छ ।
रेमो डिसुजाद्वारा निर्देशित फिल्ममा सलमानबाहेक अनिल कपुर, बबि देवल, ज्याक्वेलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम, फ्रेडी दारूवाला लगायतले पनि अभिनय गरेका छन् ।
गत हप्ता रिलिज भएको रजिनीकान्तको फिल्म ‘काला’को स्याटेलाइट राइट्स ७५ करोडमा बिकेको थियो । सलमानकै फिल्म ‘सुल्तान’ले ५५ र शाहरूखको ‘रार्इस’ले ४५ करोड भारू स्याटेलाइट राइट्सबाट हात पारेका थिए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












