लौ हेर्नुस् एघार महिनामै पेट्रोल प्रतिलिटर २० रुपैयाँ महंगो भयो
नेपाल आयल निगमले चालु आर्थिक बर्षको ११ महिनामा १४ पटक मूल्यमा हेरफेर गरेको छ । यसरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पेट्रोल, डिजेल र हवाई इन्धनमा नै मूल्य बढ्ने गरेको छ ।
मूल्य समायोजन भनेपनि पछिल्लो ११ महिनामा १ पटक पेट्रोलमा २ रुपैयाँले घटेको छ भने हवाई इन्धनमा १ रुपैयाँले मूल्य घटेको थियो । आयल निगमले कार्तिक १६ गतेबाट लागुहुनेगरी पेट्रोलको मूल्य १०० रुपैयाँबाट घटाएर ९८ रुपैयाँमा झारेको थियो ।
चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कको आधारमा हेर्दा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, हवाइ इन्धनमा १८ र डिजेल इन्धनमा २१ रुपैयाँले मूलय वृद्धि भएको छ ।
२०७४ साउन १७ गते प्रतिलिटर डिजेलको ७४, हवाई इन्धनको मूल्य ८२ र मूल्य ९३ रुपैयाँ रहेकोमा, मंसिर २२ गते डिजेलको मूल्य ७७ रुपैयाँ, हवाई इन्धनको मूल्य ८७ र पेट्रोलको मूल्य प्रतिलिटर १०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै माघ ३ मा पुनः डिजेलको मूल्य बढ्दै ८१, हवाइ इन्धनको ९० र पेट्रोलको मूल्य १०३ पुग्यो । भने, माघ १८ मा डिजेलको मूल्य प्रतिलिटर ८३, हवाइ इन्धनको ९५ र पेट्रोलको मूल्य १०३ रुपैयाँ पुग्यो ।
२०७५ वैशाख ३ मा डिजेलको मूल्य बढ्दै ८७ र पेट्रोलको मूल्य १०६ पुग्यो । फेरि, वैशाख १९मा डिजेलको मूल्य ९० पुग्यो भने पेट्रोलको मूल्य १ सय ८ रुपैँयाँ पुग्यो ।
जेठ २ गते डिजेलको मूल्य ९२ पुग्यो भने पेट्रोलको मूल्य १ सय १० पुग्यो । लगातार वृद्धि भैरहेको इन्धनको मूल्य गत १९ गते वृद्धि भयो । हाल, डिजेलको मूल्य ९५, स्थिर रहेको हवाई इन्धनको मूल्य १०० र पेट्रोलको मूल्य १ सय १३ रुपैँयाँ पुगेको छ ।
निगम घाटामा
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात् पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। एलपीजी ग्यासको खरिद मूल्य बढेपनि मूल्य भने नबढाएको निगमले जनाएको छ। निगमलाई खाना पकाउने प्रति सिलिण्डर ग्यासमा एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा रहेको जनाइएको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












