खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटियो, के होला यस्तो पानी पिउदा ?
डडेल्धुरा, ३० जेष्ठ । जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हँुदै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो ।
खलंगा खानेपानीको मुहान खुल्ला रुपमा खोला नै भएकाले मानिसलगायत घरपालुवा तथा जंगली जनावरले दिशा–पिसाब गर्नाका साथै रूखका पात, झारहरु खस्ने र सुकेर कुहिएपछि त्यसबाट पनि कोलिफर्म कीटाणु उत्पादन हुने भएकाले पानी फिल्टर गर्दा कोलिफर्म भेटिएको डिभिजन प्रमुख राजकुमार शाक्यले बताए ।
पहाडी जिल्लामा तातो र रातो रगत हुने प्राणीहरुको दिसाबाट निस्कने कीटाणु कोलिफर्म हुने र यसबाट पखाला, आउँ, हैजाजस्ता महामारी फैलिने उहाँले जानकारी दिनुभयो । कार्यालयसँग भएको पानी फिल्टर गर्ने उपकरण डेल एक्वाकिटमा सय मिलिटिर पानी राखेर जाँच गरी फिल्टर गर्दा कोलिफर्मको झुण्ड देखिएको उक्त कार्यालयले जनाएको थियो ।
अमरगढी नगरपालिका सदरमुकाम क्षेत्रमा व्यवस्थित रुपमा खानेपानीका पाइप लाइन विस्तार भएका छैनन् । पाइप खुला र फोहर, नालीबाट गएका कारण पनि पानीमा कोलिफर्म देखिएको हुन सक्ने सर्वसाधारणको भनाइ थियो ।
बजार क्षेत्रमा ढल निकास छैन, खानेपानीका पाइप लाइन फोहोर नाली र सडक छेउमा छन् । कतिपय ठाउँमा पाइप फुटेका प्वाल परेका छन् । पाइपमा पानी नआउने समयमा नालीको फोहोर पाइपभित्र पस्ने भएकाले पनि यस्तो समस्या देखिएको हुन सक्छ । सरकारले २०३० सम्म प्रत्येक जनतालाई स्वच्छ पानी पु¥याउने लक्ष्य राखेको छ ।
Comments
अरु समाचार
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...












