नारायणगढ–मुग्लिन सडक सहज भएसँगै सौराहामा पर्यटकाे चाप बढ्याे
चितवन,३१ जेठ। नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगैघुम्न आउने पर्यटकको संख्यासमेत वृद्धि हुन थालेको छ अहिले वर्षाको समयलाई ‘अफ सिजन’ मान्ने गरिएपनि सौराहामा पर्यटकहरुको चहल पहल भने बाक्लिएको छ । यसलाई व्यवसायीहरुले नारायणगढ–मुग्लिन सडकखण्डमा आएको सहजताको कारणका रुपमा अर्थाएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमा घन्टौं जाममा बस्नुपर्ने भएपछि सौराहामा बाह्य एवम् अन्तरिक पर्यटक आउन असहज हुँदा व्यवसायीहरु समस्यामा परेका थिए । अहिले सडकखण्ड एक घण्टाभन्दा पनि कम समयमा सहजै पार गर्न सकिने भएपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।
सौराहामा अहिले भारतीय र चिनियाँ पर्यटकहरु बढी देखिन्छन् । होटलहरुको अकुपेन्सी दर बढेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले । उनका अनुसार गत वर्ष यहि समयमा १० देखि १५ प्रतिशत रहेको होटलको अकुपेन्सी दर अहिले २० देखि २५ प्रतिशत पुगेको छ ।
अब दशैं तिहार लगत्तै पर्यटकहरु सौराहामा बढ्ने आशा व्यवसायीहरुले गरेका छन् । अहिले बढ्दो गर्मी र वर्षाका कारण पर्यटकहरु त्यति आउँदैनन् । आउने सेप्टेम्बरदेखि सौराहामा पर्यटकहरु उल्लेख्य मात्रामा आउने विश्वास व्यवसायीको छ । ‘नारायणगढ–मुग्लिन सडकखण्ड सहज हुनु जिल्लाकै पर्यटन र होटल व्यवसायका लागि सकारात्मक सन्देश हो, हामी आशावादी छौं,’ क्षेत्रिय होटल संघ नेपाल सौराहाका अध्यक्ष घिमिरले भने, ‘चितवनको पर्यटनमा आन्तरिक पर्यटकहरुको नै भूमिका महत्वपूर्ण छ, अब पर्यटकहरुको चहलपहल बढ्छ ।’
उनले सौराहाका पर्यटन व्यवसायी पर्यटकहरुलाई सबै खाले सुविधा उपलब्ध गराउन र स्वागत गर्न आतुर रहेको बताए । ‘अब चितवन र सौराहा आउन बाटोका कारणले कुनै पनि समस्या छैन, राजधानी काठमाडौं, पोखरा, बुटवल लगायतका स्थानबाट ३–४ घण्टामा सजिलै सौराहा आउन सकिन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘चितवनको पर्यटनलाई हवाईभन्दा सडकबाट आउने पर्यटकले सहयोग पुर्याउँछ ।’
विगतमा भूकम्प, नाकावन्दी, बाढी डुबान एवम् नारायणगढ–मुग्लिन सडकखण्डको कारण धरापमा परेको यहाँको पर्यटन व्यवसाय अब सुध्रिने दिशामा गएको भन्दै व्यवसायीहरु उत्साही भएको सौराहाका होटल व्यवसायी रामप्रसाद रिजालले बताए ।
पर्यटकलाई सौराहा भित्राउन यहाँका व्यवसायीहरुले विगतमा वैकल्पिक उपाय के हुन सक्छ भन्ने बारेमा समेत प्रयास नगरेका होइनन् । तर पनि भरपर्दो माध्यम नहुँदा व्यवसायी खुम्चिन बाध्य भएका थिए । तर अब सहज अवस्था आएको उनीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












