नारायणगढ–मुग्लिन सडक सहज भएसँगै सौराहामा पर्यटकाे चाप बढ्याे
चितवन,३१ जेठ। नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगैघुम्न आउने पर्यटकको संख्यासमेत वृद्धि हुन थालेको छ अहिले वर्षाको समयलाई ‘अफ सिजन’ मान्ने गरिएपनि सौराहामा पर्यटकहरुको चहल पहल भने बाक्लिएको छ । यसलाई व्यवसायीहरुले नारायणगढ–मुग्लिन सडकखण्डमा आएको सहजताको कारणका रुपमा अर्थाएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमा घन्टौं जाममा बस्नुपर्ने भएपछि सौराहामा बाह्य एवम् अन्तरिक पर्यटक आउन असहज हुँदा व्यवसायीहरु समस्यामा परेका थिए । अहिले सडकखण्ड एक घण्टाभन्दा पनि कम समयमा सहजै पार गर्न सकिने भएपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।
सौराहामा अहिले भारतीय र चिनियाँ पर्यटकहरु बढी देखिन्छन् । होटलहरुको अकुपेन्सी दर बढेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले । उनका अनुसार गत वर्ष यहि समयमा १० देखि १५ प्रतिशत रहेको होटलको अकुपेन्सी दर अहिले २० देखि २५ प्रतिशत पुगेको छ ।
अब दशैं तिहार लगत्तै पर्यटकहरु सौराहामा बढ्ने आशा व्यवसायीहरुले गरेका छन् । अहिले बढ्दो गर्मी र वर्षाका कारण पर्यटकहरु त्यति आउँदैनन् । आउने सेप्टेम्बरदेखि सौराहामा पर्यटकहरु उल्लेख्य मात्रामा आउने विश्वास व्यवसायीको छ । ‘नारायणगढ–मुग्लिन सडकखण्ड सहज हुनु जिल्लाकै पर्यटन र होटल व्यवसायका लागि सकारात्मक सन्देश हो, हामी आशावादी छौं,’ क्षेत्रिय होटल संघ नेपाल सौराहाका अध्यक्ष घिमिरले भने, ‘चितवनको पर्यटनमा आन्तरिक पर्यटकहरुको नै भूमिका महत्वपूर्ण छ, अब पर्यटकहरुको चहलपहल बढ्छ ।’
उनले सौराहाका पर्यटन व्यवसायी पर्यटकहरुलाई सबै खाले सुविधा उपलब्ध गराउन र स्वागत गर्न आतुर रहेको बताए । ‘अब चितवन र सौराहा आउन बाटोका कारणले कुनै पनि समस्या छैन, राजधानी काठमाडौं, पोखरा, बुटवल लगायतका स्थानबाट ३–४ घण्टामा सजिलै सौराहा आउन सकिन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘चितवनको पर्यटनलाई हवाईभन्दा सडकबाट आउने पर्यटकले सहयोग पुर्याउँछ ।’
विगतमा भूकम्प, नाकावन्दी, बाढी डुबान एवम् नारायणगढ–मुग्लिन सडकखण्डको कारण धरापमा परेको यहाँको पर्यटन व्यवसाय अब सुध्रिने दिशामा गएको भन्दै व्यवसायीहरु उत्साही भएको सौराहाका होटल व्यवसायी रामप्रसाद रिजालले बताए ।
पर्यटकलाई सौराहा भित्राउन यहाँका व्यवसायीहरुले विगतमा वैकल्पिक उपाय के हुन सक्छ भन्ने बारेमा समेत प्रयास नगरेका होइनन् । तर पनि भरपर्दो माध्यम नहुँदा व्यवसायी खुम्चिन बाध्य भएका थिए । तर अब सहज अवस्था आएको उनीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












