आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँः उपप्रधानमन्त्री यादव
काठमाडौँ १, असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताएका छन् ।
नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उनले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताए ।
उपप्रधानमन्त्री यादवले भने, ‘आयुर्वेद परम्परा, संस्कृतिसँग जोडिएकाले यसको प्रवद्र्धन गर्दै नयाँ रोगको उपचार पनि आयुर्वेद पद्दतिबाट गर्न आधुनिक ज्ञान, प्रविधिको विकास गरिनुपर्छ ।’
उनले नीतिनिर्माण तहमा आयुर्वेदलाई महत्व नदिइएकाले अपेक्षित विकास र विस्तार हुन नसकेको बताए ।
जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा आधुनिक औषधि आयात गर्नुपर्ने अवस्थामा समेत कमी आउने मन्त्री यादवको भनाइ थियो ।
स्वास्थ्य सचिव पुष्पा चौधरीले सरकारले आयुर्वेदलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै देश संघीयतामा गइसकेकाले यसको अझ विकास हुने विश्वास व्यक्त गरिन् ।
नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका लागि काम शुरु भइसकेको बताए ।
हामीले विभिन्न विषयमा अनुसन्धान गर्न तयारी थालेका छौँ, यसका लागि दुई छिमेकी भारत, चीनका विशेषज्ञसहितको गोष्ठी आयोजना गरिएको उनले स्पष्ट पारे ।
नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्राडा सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको उल्लेख गर्दै आयुर्वेदको पाण्डुलिपिमा नेपालसँग भएको ज्ञान अरुसँग नभएको बताए ।
‘नेपाल र भारत वातावरणीय, सांस्कृतिक, भौगोलिक र जैविक विविधतामा समान छन्, हामीले आयुर्वेदको विकासका लागि आपसी सहकार्य गर्दै आएका छौँ, यसलाई अझ मजबुत बनाउनुपर्छ’, उनले भने ।
आयुर्वेद नेपालको पनि सम्पत्ति भएकाले शैक्षिक, प्राविधिकलगायतका क्षेत्रमा सहकार्य गर्न राजदूतावासमार्फत सहकार्य गर्न सके प्रभावकारी हुने प्राडा शर्माले बताए ।
नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञसहितको गोष्ठीमा आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने बताइएको छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











