कोइराला परिवारका तिन नेता केमा व्यस्त छन्
प्रतिपक्षी दल कांग्रेसभित्र पार्टी बलशाली बनाउने बहस चलिरहँदा कोइराला परिवारका सदस्यको रणनीति र सक्रियताबारे सबैको चासो देखिन थालेको छ । पछिल्लो महाधिवेशनदेखि शीर्ष नेतृत्वको घेराबाट बाहिरिएको ‘कोइराला परिवार’ यति बेला योजनाबद्ध रूपमा आफ्नो साख र शक्ति आर्जन गर्ने यत्नमा छ ।
‘स्वाभाविक रूपमा सबै नेताले दलभित्र आफ्नो स्थान र भूमिका बढाउन खोज्छन्’, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘धरासयी हुँदै गएको पार्टीको अस्थालाई उकास्न पनि कोइराला परिवारले रणनीतिक रूपमा काम गरिरहेको जस्तो लाग्छ ।’
तर, जानिफकारहरू भन्छन्, ‘कोइराला परिवारको ध्येय भनेको गुमेको पार्टी नेतृत्व आफ्नै हातमा फर्काउने नै हो । पार्टीभित्र उनीहरूले नयाँ र ताजा तरिकाले आफ्नो बुर्जा निर्माण गर्न चाहेका छन् । कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र केन्द्रीय सदस्यकै पार्टी हैसियतमा रहेकी सुजाता कोइरालाको राजनीतिक चरित्र र संगठन गर्ने अलगअलग शैली र गति छन् । पछिल्ला दिनमा कांग्रेसभित्र महामन्त्री शशांक कोइरालाको भूमिका देउवा–पौडेल खेमासँग समदूरीमा प्रकट भइरहेको छ । उनले आफूलाई पार्टीभित्र राजनीतिक रूपमा अधिक सन्तुलित र सचेत देखाउन प्रयत्न गरिरहेको कहीँकतै छिपेको छैन । यस अर्थमा शशांक अलिक धीमा गतिका देखिन्छन् ।
कोइराला परिवारकै अर्का सदस्य शेखर कोइराला भने शशांकभन्दा ठीक विपरीत शैलीमा सक्रिय छन् । उनी पार्टीभित्रका हरेक विषयवस्तु र सन्दर्भमा नेतृत्वको आलोचना मात्र गरिरहेका छैनन्, देशका विभिन्न ठाउँमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तक्र्रिया र संवादलाई बाक्लो पारिरहेका छन् । गिरिजापुत्री सुजाता क्यान्सरको उपचारपछि घरमै आराम गरिरहेकी छिन् । यद्यपि उनले नेता–कार्यकर्ता भेट्न र आफ्ना एजेन्डामा ‘लबिङ’ भने गरिरहेकी छिन् ।
शशांक, शेखर र सुजाता जसरी फरकफरक ढंगमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्म छाउने प्रयासमा छन्, के यो उनीहरू सल्लाहअनुरूप नै गरिरहेका हुन् रु या कोइराला परिवारले पार्टीभित्र आफू बलियो हुन सदस्यहरूबीच जिम्मेवारी बाँडफाँट गरेर अघि बढिरहेको हो त रु स्वाभाविक रूपमा यस्ता प्रश्न कांग्रेसभित्र चासोसहित चर्चामा रहन्छन् । महामन्त्री शशांक कोइराला निकट नेता सञ्जय गौतमका शब्दमा ‘कोइराला परिवार पार्टी हितका लागि एक ठाउँमा उभिँदै आएको हो । झन् पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भएको बेला यस्तो प्रयास स्वाभाविक हो ।’ महामन्त्रीका रूपमा शशांकले जुन समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्, त्यो उनको पार्टीगत जिम्मेवारी रहेको उनको भनाइ छ । तर एकथरी विश्लेषकले भने शशांकले पछिल्ला दिनमा पार्टी नेतृत्वको आलोचना नगर्नुलाई उनकै खेमाका अगुवा भनिने वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति बढ्दै गएको अविश्वासका रूपमा अथ्र्याउँछन् । ‘शशांक रणनीतिक नेता हुन्, गएको महाधिवेशनमा पनि उनले देउवा खेमाको प्रभावशाली हिस्सा ठानिएको खुमबहादुर खड्कासँग प्याचअप गरे, जसले उनलाई महामन्त्री चुनिन सजिलो भयो’, कांग्रेसका एक नेताले भने, ‘अहिले पनि उनले देउवालाई बिच्काउन चाहेका छैनन्, आगामी महाधिवेशनमा केकस्तो समीकरण बन्छ, त्यही आधारमा उनी मौन देखिएका हुन्, नेतृत्वको आलोचना गर्न उनी आफैंले शेखरलाई मैदानमा उतारिरहेका छन् ।’
खासमा शेखर र सुजाताको सहयोगमा शशांकले कोइराला परिवारबाट आफू पार्टी नेतृत्वसम्म पुग्न चाहन्छन् भन्ने तर्क यस्ता विश्लेषकहरूको छ । एक वर्षअघि ४ साउन ०७४ मा टोखास्थित डा। शशांकको निवासमा भएको ‘लन्च मिटिङ’ र २ माघ ०७४ मा मण्डिखाटारस्थित सुजाताको निवासमा भएको ‘छलफल’ यसैका लागि थियो भन्ने उहिल्यै सतहमा आइसकेको छ । कोइराला परिवारका सदस्यले नै नियोजित रूपमा लन्च मिटिङ र भेटवार्ताका तस्बिर सामाजिक सञ्जाल र मिडियामा उपलब्ध गराउनुलाई पनि उनीहरूभित्रको आन्तर्य प्रकटीकरणका रूपमा अथ्र्याइएको थियो । ‘नेताहरू पार्टीको परिस्थिति हेरेर मुभ हुन चाहन सक्छन्, झन कोइराला परिवार त राजनीतिक परिवार भएकाले कतिपय कुरा विश्लेषणका आधारमा ठम्याउनुपर्छ’, नेता गुरुङ भन्छन्, ‘ राजनीतिमा यस्ता कुराको अर्थ हुन्छ ।’
कोइराला परिवारलाई पारिवारिक वृत्तबाहिरबाट सघाउने झन्डै एक दर्जन नेता तयार पारिएको ‘गसिप’ पार्टीभित्र नै सुनिन थालेको छ । जानकारहरू भन्छन्, ‘यसको अगुवाइ नेता मीनेन्द्र रिजालले गरिरहेका छन् । रिजालले अगुवाइ गरेको सहयोगी पंक्तिले विभिन्न जिल्ला, क्षेत्र र भ्रातृसंगठनको वस्तुस्थिति बुझेर त्यहाँभित्र कोइराला परिवार ‘लोयल’ नेताकार्यकर्तालाई प्रभावशाली बनाउने जिम्मेवारी पनि पाएको बताइन्छ । ‘यो राजनीतिक कुरा हो, मैले हो पनि भन्दिनँ र होइन पनि भन्दिनँ’, कोइराला परिवारको रणनीति कार्यान्वयनमा सघाइरहेका भनिएका नेता रिजालले अन्नपूर्णसँग भने ।
कोइराला परिवारको यस्तो रणनीतिक ‘मुभ’लाई वर्तमान सभापति शेरबहादुर देउवा खेमाले भने केवल ‘पर्ख र हेर’का रूपमा लिएको छ । ‘कोइराला परिवारको चाहना स्पष्ट भइसकेको छ । तर यो पार्टीलाई एक बनाउने हकमा हो भने ठीक पनि छ । तर अर्को गुट बनाउने अभ्यास हो भने राम्रो होइन’, देउवा निकट एक नेताले भने, ‘तर उहाँहरूको यस्तो अभ्यासले हामीलाई त्यति असर गर्छ भन्ने लाग्दैन । बोल्नुपर्ने केही छैन ।’
अन्नपुर्णपोष्ट
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











