क्रोएशियाको नाइजेरियामाथि २-० को जीत
काठमाडाैै, ३ असार । विश्वकपको समूह डीको दोस्रो खेलमा क्रोएशियाले नाइजेरियालाई २-० ले हराएको छ ।
नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरे ।
कालिनिग्राद स्टेडियममा भएको यो खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएका थिए । त्यसपछि रेफ्रिले क्रोएशियालाई पेनाल्टी दिए । यो अवसरलाई लुकाले सदुपयोग गरे र बललाई जाली चुमाए ।
यसअघि नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल हाने । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका थिए ।
विश्वकपमा नाइजेरिया र क्रोएशिया पहिलोपटक आमनेसामने भएका थिए । तर, नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले ५ कर्नर प्रहारको अवसर पाएको थियो ।
फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् ।
क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको छ ।यसैगरी नाइजेरियाले विश्वकपमा ६ पटकसम्म भाग लिएको छ । उसले १९ म्याच खेल्दा केबल ५ मा जित निकालेको छ । ११ खेल हार्दा ३ खेल बराबरी भएका छन् ।
विश्वकप २०१८ मा आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार पहिलो खेल कोस्टारिका र सर्वियाबीच पौने ६ बजे, दोस्रो खेल जर्मनी र मेक्सिकोबीच बेलुका पौने ९ बजे तथा तेस्रो खेल ब्राजिल र स्वीटजरल्याण्डबीच राति पौने १२ बजे हुने छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












