राष्ट्रिय ध्वजावाहक छोडेर निजि विमानमा चीन जान लागेका प्रम आेलीले भने, राष्ट्रपतिसंग नेपालको दृष्टिकोण राख्छु
काठमाडाैं ४, असार । प्रधानमन्त्री केपि शर्मा आेली ६ दिने राजकिय भ्रमणका लागि भोली ५ गते मंगलबार जम्बो टोलीसहित चीन प्रस्थान गर्दै छन् ।
ओली चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा भोलि चीनको औपचारिक भ्रमणमा जान लागेको संसदमा जानकारी गराएका छन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन् ।
उनीसँगै चीन भ्रमणमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ११९ जना सहभागी हुँदैछन्। निजी एयरलाइन्स कम्पनीको विमान चार्टर गरेर प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन जान लागेका हुन्।
नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक विमान छाडेर प्रधानमन्त्री ओली चीनको तिब्बत एयरलाइन्स र नेपाली व्यवसायी आङ छिरिङ शेर्पाको लगानी रहेको हिमालय एयरको विमान चार्टर गरेर प्रधानमन्त्री जाँदै छन् ।
उनले चीन भ्रमणका क्रममा आ–आफ्ना प्राथमिकतामा रहेका विषयमा एक अर्कामा जानकारी गराउने भन्दै नेपाल सरकारले अघि सारेको विकासको लक्ष्यलाई सघाउन चीनले गर्ने सहयोगका बारेमा बिशेष कुराकानी हुने बताए ।
चीनले अघि सारेको वाल वेल्ट वान रोड, कनेक्टीभिटीको क्षेत्र र पारस्परिक तथा लगानीका क्षेत्रमा के कसरी जान सकिन्छ भनेर गरेको हस्ताक्षरको मेमोभित्र पोर्ट, हवाइ, रेलमार्ग अप्टिकल फाइबरलाई प्रभाबकारी बनाउने, तातोपानी नाका लगायत थप करिडोरहरुमा समझादरी हुने प्रधानमन्त्रीले जानकारी दिए ।
चिनियाँ नेताहरुसँगको भेटमा ब्यापार घाटा काम गर्ने तथा ओबर अन्तरगत पूर्वाधार विकास, रेल-सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा चिनियाँ सहयोग कसरी जुटाउने छलफल गर्ने प्रधानमन्त्रीले बताए ।
भ्रमणमा रेल्वे, उर्जा सहयोग, पुनर्निर्माणमा द्विपक्षीय सम्झौता तथा समझदारी हुने उनले बताए । ‘मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर द्विपक्षीयबीच सम्झौता र छलफल गरिनेछन्’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।
संसदमा सम्बोधनको पूर्णपाठ:
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












