अञ्चल अस्पतालमा जनशक्तिको अभाव, मिर्गाैला रोगी मर्कामा
दाङ, ५ असार । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।
दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा शुरु गरिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भने अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।
हाल जडान गरेको उपकरणबाट छजना बिरामीलाई मात्र सेवा दिन सकिने भएकाले मिर्गौला रोगीले अन्य स्थानमा गएर सेवा लिन बाध्य भएका छन् । अस्पतालका निमित्त मेसु डा विनोद सिंंहले मेशिनको उपकरण र चिकित्सक अभावका कारण सोचेअनुरुप सेवा दिन नसकेको बताए ।
उनले हप्तामा दुईपटक एकजनालाई सेवा दिने गरेको जानकारी दिए । ‘‘हामीहरुसँग दुईवटा मात्र उपकरण छन् । डाइलोसिस सेवाका लागि प्राप्त जनशक्ति र उपकरण अभावले सबैलाई सेवा दिन सकेका छैनौँ”, डा सिंहले भने, ‘‘अर्को उपकरण र जनशक्ति भएमा सेवा प्रवाहमा सहज हुन्छ ।”
हाल एकजना फिजिसियन डाक्टर, दुईजना स्टाप नर्स र कार्यालय सहयोगीबाट सेवा सञ्चालन भइरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले पनि उपकरणको अभाव र जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएकाले मन्त्रालय तथा स्थानीय तहसँग पहल भइरहेको बताए । ।
“कसरी अस्पतालको विकास गर्न सकिन्छ र धेरै विशेषज्ञ सेवा दिन सकिन्छ भन्नेमा हामीहरुले पहल गरिरहेका छौँ”, उनले भने । त्यस्तै अस्पतालले शुरु गर्ने भनेको सघन उपचार कक्ष (आइसियु) सेवा पनि शुरु हुन सकेको छैन । अस्पतालमा तीन वर्ष पहिले नै आइसियु सेवा सञ्चालनका लागि ल्याएका उपकरण सहितका औजारमा पनि खिया लाग्न थालेका छन् ।
‘‘आइसियु सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार भएपनि जनशक्ति अभाव छ त्यसैले सेवा शुरु गर्न सकिएको छैन”, अध्यक्ष देवकोटाले भने ।
तेह्रजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल चारजना मात्र चिकित्सक छन् । अस्पतालमा पाँचजना मेडिकल अधिकृत रहेको र एकजना बिदामा रहेको बताएको छ ।
एक वर्षदेखि मेसुविहीन
उक्त अस्पताल एक वर्षदेखि मडिकल सुपरिटेण्डेन्टविहीन छ । एक वर्ष पहिले यहाँका मेसु सरुवा भएर गएपछि मन्त्रालयले हालसम्म पनि मेसु पठाएको छैन ।
हाल कामकाजका लागि अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहलाई निमित्त मेसुको जिम्मा दिए पनि एक वर्षदेखि अञ्ंचल अस्पताल मेसुविहीन भएको हो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












