बूढीगंगालाई मेयर कपको उपाधि
बाजुरा, ५ असार । बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ । आयोजक बूढीगंगाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै सो उपाधि जितेको हो ।
घरेलु मैदानमा बूढीगंगाले अन्तिमचरणको खेलमा सोझो सेटमा पराजित गरेकाले उपाधिको प्रमुख दाबेदार मानिएको पाहुना टोली त्रिवेणी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ ।
बूढीगंगाले जितसँगै रु ५५ हजार, ५५५ नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको छ भने उपविजेता त्रिवेणीले रु ३३ हजार ३३३ नगद, प्रमाणपत्र तथा पदक प्राप्त गरेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले जानकारी दिए ।
छेडेदह गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको त्रिभुवनेश्वरी मावि त्रिवेणीले रु २२ हजार २२२ नगदसहित प्रमाणपत्र र प्राप्त गरेको छ । विजेता टोलीलाई नगर प्रमुख दीपकविक्रम शाह, उपप्रमुख तारा खाती, जिल्ला खेलकूद विकास समिति अध्यक्ष हिक्मत थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
खेल भानोदय माविको मैदानमा आयोजना गरिएको हो । नगरपालिकाको सहयोग र जिल्ला खेलकूद विकास समितिको आयोजनामा गरिएको खेलमा १० टोलीले भाग लिएका थिए । तीमध्ये गौमुल, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बडिमालिका नगरपालिकासहित आयोजक बूढीगंगा नगरपालिकाका खेलाडीको सहभागिता थियो ।
गाउँ तथा नगरपालिकास्तरमा खेलकूदका गतिविधि बढाउन मेयर कपले सहयोग पुगेको आयोजक बूढीगंगा नगरपालिकाले बताएको छ । युवालाई खेल क्षेत्रमा आकर्षण बढाउन र स्थानीय तहबीचको आपसी सम्बन्ध स्थापित गर्न प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












