अमेरिका राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरियो किन ?
काठमाडाैं ६, असार । अमेरिका ! विश्व समुदायमा मानव अधिकार र लोकतन्त्रको सवैभन्दा धेरै दुहाइ दिने देश राष्ट्रसंघको मान अधिकार परिषदबाट बाहिरिइला भन्दा सवैलाई विश्वास नलाग्न सक्छ तर, अमेरिका बाहिरिएको छ ।
विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै परिषदबाट बाहिरिएको घोषणा गरेका हुन्।
परिषद्का प्रमुख जेद बिन राद अलले भने अमेरिकी कदम गलत भएको भन्दै पछि नहट्न आग्रह गरेका छन्। ।
केही विवादस्पद देशलाई सदस्यता दिएको र कतिपय देशका मानव अधिकार उल्लङ्घनका घटनाका काउन्सिलले कुनै चासो नदेखाएको भन्दै हेलीले आलोचना समेत गरेकी छन्। भेनेजुयला, इरान लगायत देशका मानवअधिकार उल्लङ्घनका घटनामा काउन्सिलको भूमिका उनले प्रश्न गरेकी छन्। यस्तै, कङ्गोको सदस्यतालाई पनि उनले आलोचना गरेकी छन् ।
परिषद् राजनीतिक पक्षपातबाट प्रेरित भएको समेत आरोप लगाइएको छ ।
सन् २००६ मा स्थापना भएको युएनएचआरसी मानव अधिकार उल्लङ्घनको आरोप लागेका देशलाई समेत सदस्यता दिएको भन्दै आलोचित हुँदै आएको छ। कूल ४७ देश अहिलेसम्म सदस्य राष्ट्र छन् ।
विश्वभरका मानव अधिकार उल्लङ्घनका घटना अध्ययनका लागि बनाइएको परिषदमा सन् २०१३ मा चीन, रुस, साउदी अरेबिया, अल्जेरिया, भियतनाम सदस्य बनेपछि आलोचना भएको थियो ।
अमेरिका सन् २००९ मा सदस्य बनेको थियो। अमेरिका बाहिरिएपछि अब ४६ सदस्य देशमात्र बाँकी रहनेछन्। अमेरिका सन् २०१६ देखि ०१९ सम्मका लागि सदस्य चुनिएको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












