अमेरिका राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरियो किन ?
काठमाडाैं ६, असार । अमेरिका ! विश्व समुदायमा मानव अधिकार र लोकतन्त्रको सवैभन्दा धेरै दुहाइ दिने देश राष्ट्रसंघको मान अधिकार परिषदबाट बाहिरिइला भन्दा सवैलाई विश्वास नलाग्न सक्छ तर, अमेरिका बाहिरिएको छ ।
विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै परिषदबाट बाहिरिएको घोषणा गरेका हुन्।
परिषद्का प्रमुख जेद बिन राद अलले भने अमेरिकी कदम गलत भएको भन्दै पछि नहट्न आग्रह गरेका छन्। ।
केही विवादस्पद देशलाई सदस्यता दिएको र कतिपय देशका मानव अधिकार उल्लङ्घनका घटनाका काउन्सिलले कुनै चासो नदेखाएको भन्दै हेलीले आलोचना समेत गरेकी छन्। भेनेजुयला, इरान लगायत देशका मानवअधिकार उल्लङ्घनका घटनामा काउन्सिलको भूमिका उनले प्रश्न गरेकी छन्। यस्तै, कङ्गोको सदस्यतालाई पनि उनले आलोचना गरेकी छन् ।
परिषद् राजनीतिक पक्षपातबाट प्रेरित भएको समेत आरोप लगाइएको छ ।
सन् २००६ मा स्थापना भएको युएनएचआरसी मानव अधिकार उल्लङ्घनको आरोप लागेका देशलाई समेत सदस्यता दिएको भन्दै आलोचित हुँदै आएको छ। कूल ४७ देश अहिलेसम्म सदस्य राष्ट्र छन् ।
विश्वभरका मानव अधिकार उल्लङ्घनका घटना अध्ययनका लागि बनाइएको परिषदमा सन् २०१३ मा चीन, रुस, साउदी अरेबिया, अल्जेरिया, भियतनाम सदस्य बनेपछि आलोचना भएको थियो ।
अमेरिका सन् २००९ मा सदस्य बनेको थियो। अमेरिका बाहिरिएपछि अब ४६ सदस्य देशमात्र बाँकी रहनेछन्। अमेरिका सन् २०१६ देखि ०१९ सम्मका लागि सदस्य चुनिएको थियो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












