दोहोरिएला रोनाल्डोको जादु ? रोनाल्डोले नेपाल युट्युब ट्रेन्डिङमा अर्को रकर्ड बनाउलान त ?
काठमाडाैं ६, असार । विश्वकपका बारेमा कहिले मोडेल त कहिले खेलाडीका बारेमा विभिन्न चर्चा भइरहेका छन् ।
विश्व सुन्दरीहरु आफ्नो देशको सपोर्टमा खेल हेर्न स्टेडियसम्म पुगेका छन्, भने क्यामेराका लेन्सहरु सधै खेल र खेलाडीका पछाडी मात्र तेर्सिएका छैनन् । समाचारका पृष्ठहरु मोडेल देखि रुसी याैनकर्मीका कुराले भरिने गरेका छन् ।
त्यस्तै, पोर्चुगल र स्पेनको खेल बराबरीमा रोकिए पनि रोनाल्डोको ह्याट्रिकले भने चर्चा पाउन छोडेन ।
गत असार १ गते रातको ११ः४५ देखि सुरु भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो दैव बनेर खेललाई बराबरीमा रोक्न सफल भए ।
उनले ह्याट्रिक गर्दा प्रहार गरेको गोलको हाइलाइट्स गोलको भिडियो फिफा टिभीले अपलोड गर्यो जुन भिडियोले युट्युबमा धुम मच्चाइरहेको छ । केहि दिन देखि उक्त भिडियोले नेपाल युट्युबको ट्रेन्डिङ वान कब्जा गरेर बसेको छ ।
हेर्नुहोस स्पेन र पोर्चुगलबीचको खेलमा रोनाल्डोको ह्याट्रिक हाइलाइट्स भिडियोः
यस्तै यो खेल नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा हुनेछ । पहिलो खेलमा स्पेनविरुद्ध बराबरी खेलेको पोर्चुगल यस खेल जित्ने दाउमा छ । ईरान विरुद्धको आफ्नो पहिलो खेल गुमाएका कारण दोस्रो चरणको यात्रा गर्ने हो भने मोरक्कोले पनि यस खेल जित्नुपर्ने हुन्छ । तर, क्रिष्ट्रियानो रोनाल्डो फर्ममा भएकाले उनलाई कसरी रोक्ने भन्नेमा मोरक्कोले निकै ध्यान दिनुपर्ने हुन्छ ।
के रोनाल्डोले स्पेनसंगको खेलमा झैं ह्याट्रिक गर्ला त ? या अझ धेरै गोल गर्लान ? यो खेलले देखाउने नै छ । तर, नेपाल ट्रेन्डिङमा रहेको उक्त भिडियोलाई उछिन्ने अर्को कुनै करामत देखाउलान ्। आशा गराैं केहि पक्के हुनेछ ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












