सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष
बेनी, म्याग्दी, ७ असार ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।
कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।।
गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए ।
२०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्नका लागि सारंगी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर वरङ्जाकी सुमित्रा सापकोटाले रु १०० र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुशीले भरियो ।
कुनै दिन बम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फक्ल्याण्डको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारंगी रेट्ने गाईने दाइ हिजोआज देखिन छाडेका छन् ।
देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गाईने दाइ (गन्धर्व) लोप हुँदैछन् । सारंगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाईने दाइका सारंगी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।
सूचना र सञ्चारको पहँुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत समेत गाउन थालेका छन् ।
बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीतसंगीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका वीरह र बेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।
धेरै समयपछि बेनपा–२, बगरफाँट र मंगला–४ वरङजामा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोख्दै सारंगीको धुनमा जनतामा ब्याप्त निराशा र जनप्रतिनिधिप्रतिको अपेक्षाका बारेमा ¥याँइ¥याँइ सारंगी रेट्दै तीतो यथार्थ व्यक्त गरे ।
गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्ने गरी व्यक्त गरेका थिए।
सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदयविदारक गीत गुञ्जन छाडेका छन् ।
गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला पुर्खौली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन्, केही गन्धर्वले । गुल्मी जिल्लाको गडगाउँ गाविस–५ घर भई (हाल बागलुङ नगरपालिका–२ बस्ने) टोपबहादुर गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चारजनाको परिवारको गर्जाे टार्ने गरेका छन् ।
काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारंगी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु ५÷७ सय आम्दानी हुने बताउछन्।
सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारंगीको महत्व ह्वात्तै घटेको छ टोपबहादुरले भन्नुभयो– “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चारमाध्यमले सारंगीको महत्वलाई उचित स्थान नदिए सारंगी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भने– “यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।”
नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारंगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारंगी बाजालाई समावेश गरे सारंगीले जीवन्तता पाउने बुद्धिजीवीको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेशाप्रति हीनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












