सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष
बेनी, म्याग्दी, ७ असार ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।
कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।।
गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए ।
२०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्नका लागि सारंगी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर वरङ्जाकी सुमित्रा सापकोटाले रु १०० र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुशीले भरियो ।
कुनै दिन बम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फक्ल्याण्डको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारंगी रेट्ने गाईने दाइ हिजोआज देखिन छाडेका छन् ।
देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गाईने दाइ (गन्धर्व) लोप हुँदैछन् । सारंगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाईने दाइका सारंगी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।
सूचना र सञ्चारको पहँुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत समेत गाउन थालेका छन् ।
बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीतसंगीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका वीरह र बेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।
धेरै समयपछि बेनपा–२, बगरफाँट र मंगला–४ वरङजामा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोख्दै सारंगीको धुनमा जनतामा ब्याप्त निराशा र जनप्रतिनिधिप्रतिको अपेक्षाका बारेमा ¥याँइ¥याँइ सारंगी रेट्दै तीतो यथार्थ व्यक्त गरे ।
गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्ने गरी व्यक्त गरेका थिए।
सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदयविदारक गीत गुञ्जन छाडेका छन् ।
गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला पुर्खौली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन्, केही गन्धर्वले । गुल्मी जिल्लाको गडगाउँ गाविस–५ घर भई (हाल बागलुङ नगरपालिका–२ बस्ने) टोपबहादुर गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चारजनाको परिवारको गर्जाे टार्ने गरेका छन् ।
काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारंगी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु ५÷७ सय आम्दानी हुने बताउछन्।
सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारंगीको महत्व ह्वात्तै घटेको छ टोपबहादुरले भन्नुभयो– “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चारमाध्यमले सारंगीको महत्वलाई उचित स्थान नदिए सारंगी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भने– “यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।”
नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारंगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारंगी बाजालाई समावेश गरे सारंगीले जीवन्तता पाउने बुद्धिजीवीको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेशाप्रति हीनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












