नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री
बेइजिङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका थिए ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारेका थिए ।
उनले भने, “हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो । हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो । हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ ।”
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को विभिन्न आन्दोलनको अनुभवसहित पार्टी एकताको बिन्दुमा आइपुग्दा साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्दै वर्तमानको उपलब्धि हासिल भएको प्रधानमन्त्रीले उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गरे ।
माओवादी सशस्त्र जनयुद्धले मुलुकका सिमान्तकृत समुदायका बीचमा राजनीतिक चेतना फैलाउँदै संविधानसभा, गणतन्त्रलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले जानकारी दिए ।
यी दुवै अनुभवपछि दुई पार्टीबीच माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
उनले नेकपाले हाल संघीय संसद्मा दुई तिहाइ जनमत र सातमध्ये छ प्रदेशमा सरकार सञ्चालन गरिरहेको जानकारी दिँदै यसबाट जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनादेश दिएकाले सरकार आफ्ना सबै प्रयासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साथ अघि बढिरहेको छ भने ।
उनले नेपाल र चीनले एकआपसमा आफ्ना समाजवादी अभ्यास र मर्मलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले जनताले समाजवादमा मात्र वास्तविक प्रगति,न्याय र जनमुखी विकास महसुस गर्न सक्ने भएकाले विश्व पूँजीवादको प्रभाव कम गर्नु वर्तमानको आवश्यकता रहेको बताए ।
नेपालले पञ्चशील सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार र जनताले नेपालको शान्ति प्रगति र समृद्धिको चाहनामा सामान्य तथा विशिष्ठ अवस्थामा सहयोग गर्दै आएकोमा प्रशंसा गरे ।
उनले सो पार्टी स्कुलको अवलोकन गरेका थिए । पार्टीलाई जनतासँग जोड्न, नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न त्यस्ता स्कुल महत्वपूर्ण हुने भन्दै उनले यसबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताए । प्रधानमन्त्रीले कम्युनिष्ट स्कुलको अनुभवको आदानप्रदान गर्दै सुशासन र समृद्धिका लागिसमेत सहयोग पुग्ने भएकाले आफूहरुलेसमेत सकारात्मक भूमिका खेल्ने उल्लेख गरे।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












