नेपालका ठूला भनिएका वेब साइटमा स्किप एड (विज्ञापन) देख्नु भएको छ ? किन यस्तो भएको छ, कारण यस्तो छ…
काठमाडाैं ८, असार । तपाईँ कत्तिको इन्टरनेटको प्रयोग गर्नुहुन्छ ? समाचार लगायतका अन्य सुचना थाहा पाउन त पक्कै पनि प्रयोग गर्नुहुन्छ होला । यदि त्यसो हो भने समाचार हेर्न अनलाइन पोर्टलहरु पनि पक्कै खोल्नु भयो होला ।
हिजोदेखि नेपालका चल्तिका अनलाइन न्युज पोर्टलहरुमा एकाएक विज्ञापन देखा पर्यो ।
स्किप एड दिनेमा छन् एनसेल र टुबोर्ग बियर ! आखिर हिजो दिउसोदेखि वेब साइट खोल्ने वित्तिकै अगाडि पर्दा छोपे झैं गरि देखिने चित्र (स्किप एड) किन देखा पर्यो त ? यो रहस्यको विषय बनेको छ ।
टुबोर्गले त मूल्य वृद्वि नगरेको भनेर विज्ञापन दिनु कुनै नयाँ कुरा भएन तर एनसेलले के का लागि दियो स्किप एड यो भने एक अचम्मको कुरा भएको छ ।
नेपाल सरकारले मदिराजन्य वस्तुमा आयात कर, अन्त शुल्क, नविकरण तथा इजाजतमा वृद्वि गरेकाले स्वत: बियरको मूल्य बढ्नु पर्नेमा टुबोर्गले मूल्य पहिलेकै यथावत कायम गरेको जानकारी दिनलाई विज्ञापन दियो तर एनसेलले चाहिँ ?
नेपालका मिडिया पण्डितका अनुसार एकाएक देखा पर्ने विज्ञापनमा कुनै किसिमको स्वार्थ या गल्ति भएको हुन सक्छ । तर यहाँ भयो के यो भने कुल्न मुुस्किल छ ।
केहिदिन यता विकास भइरहेको विभिन्न घटना र सामाजिक सञ्जालमा विकसित पछिल्ला घटनाले गर्दा यस्ता कुरामा शंका उत्पन्न गरेको छ ।
टुबोर्ग बियरले पनि विज्ञापन आजै दिनुपर्ने किन ? त्यो पनि ठूला भनिएका मिडियालाई मात्र ! उसले पनि मूल्य समायोजन केहि दिन पहिले नै गरेको थियो र स्किप एडको सट्टा साइटको कुनैपनि स्पेस किनेर विज्ञापन गरिरहेको थियो । त्यस्तै, एनसेलले पनि वेब साइटमा स्पेस किनेर विज्ञापन दिइरहेकै थियो ।
तर, हिजो एनसेल र आज टुबोर्गले स्किप एड दिनुले (त्यो पनि ठूला भनिएका मिडियालाई मात्र) आम रुपमा तरङ्ग पैदा गरेको छ ।
Comments
अरु समाचार
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...












