‘नेपालमा पुरुष नर्स पनि आवश्यक’
काठमाडौँ, ११ असार। पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने ।
विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुनुहुन्छ गुरागार्इं ।
रासससँग कुरा गर्दै उनले भने, ‘‘यो बन्द गर्नै हुँदैन्थ्यो, फेरि शुरु हुनु सकारात्मक विषय हो, नर्सिङ पढ्न धेरै पुरुष इच्छुक पनि छन् ।’’ वीर अस्पतालमा बीस वर्षे लामो सेवा गरी सेवानिवृत्त भई हाल हेटौँडास्थित नारायणी मेडिकल एण्ड टेक्नोलोजीका प्रधानाध्यापक गुरागाईंले नीति निर्माण तहमा पनि महिला पुरुष भए अघि बढ्न बल पुग्ने बताए ।’’
उनले पुरुष बिरामीको हेरचाह, दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सकिने बताए ।‘‘पुरुष नर्स हुँदा सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुन्छ,’’ उनले भने । लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णन गरेपछि बाटो खुल्ला भएको हो ।
नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको बताए । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले बताए ।
अध्यक्ष निरौलाले शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको जानकारी दिए। नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्र समेत पठाएको थियो ।
नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको बताए ।
उनले भने,‘‘लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ ।’’
जनशक्ति उत्पादन गर्न संघमार्फत नर्सिङ परिषद्लाई पत्र पठाएका थियौँ ।’’ अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने उनले विश्वास छ ।
परिषद्मा नेपाल र भारतमा अध्ययन गरेका १०५ जना पुरुष नर्स परिषद्मा दर्ता भएका छन् । अब निर्णय कार्यान्वयन भएमा वार्षिक १२५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १५५ पुरुष उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १२५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७४० जना नयाँ महिला नर्स उत्पादन हुँदै आएका छन् ।
विसं २०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो ।
नेपाल नर्सिङ परिषद्मा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २२१ र विदेशी नर्स ८३५ दर्ता छन् । दर्ता भई वर्सेनि लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८३६ स्टार्फ नर्स र तीन हजार ६३४ अनमीले मात्र गराएको परिषद्को तथ्यांक छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











