बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने
काठमाडौँ, १२ असार। एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।
बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकूद विकास विभाग प्रमुख कूलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
टोलीले दुई महिनासम्म थाइल्याण्डको बैंककमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणका दौरानमा टोलीले थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा पनि सहभागिता जनाउनेछ ।
च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ । किङ्स कपमा सहभागी हुने खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगीता सुनार ५७ केजी र पुनम रावल ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ । त्यस्तै पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घले ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् भने भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दीपक श्रेष्ठ ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।
टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दीपक महर्जन, टोली व्यवस्थापकमा दिलीपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।
सदस्य सचिव केशवकुमार विष्टले एशियन गेम्समा पदकको आशा गरिएको खेललाई तीन महिनाअघिबाटै विशेष प्रशिक्षण गराउन शुरु गरिएको बताए । उनले विशेष प्रशिक्षण सबै खेलका लागि आवश्यक रहेको बताउँदै यसपटकको एशियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वास व्यक्त गरे ।
“हामीले पदकको सम्भावना भएका खेलमा तीन महिनाअघिबाट विशेष प्रशिक्षण गराएका छौँ । यसपटकको एशियन गेम्समा राम्रो रेकर्ड आउने हामीले विश्वास लिएका छौँ”, उनले भने ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












