जापानमा दुर्लभ मानिने हिंसात्मक हमलामा प्रहरीसहित दुईको मृत्यु
आक्रमणकारी जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य
टोकियो, जापान, १२ असार । जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ ।
एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताए। गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।
चक्कु प्रहारबाट घाइते प्रहरी ४६ वर्षीय केनिची इनाइजुमीको पनि उपचारका क्रममा अस्पतालमा मृत्युभएको अस्पताल स्रोतले पुष्टि गरेको छ । करिब ४०० विद्याथीृ रहेको उक्त विद्यालयका सुरक्षा गार्डलाई गरिएको आक्रमणपछि सम्पूर्ण विद्यार्थीलाई केही समयसम्म विद्यालयको एउटा पराकिलो कोठामा लगेर राखिएको थियो ।
आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा चलाएको गोली पेटमा लाग्दा गम्भीर घाइते भएको बताइएको छ ।
घटनामा अन्य कोही घाइते नभएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी २१ वर्षीय केइटा शिमाजु जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य भएको बताइएको छ । शिमाजु सन् २०१५ मा जापानको पश्चिमी शहर कानाजावा शिविरबाट सेनामा भर्ती भएको यहाँको सरकारी टेलिभिजन च्यानल एनएचके ले जनाएको छ । तर राइफल चलाउने तालिमपश्चमत गत वर्षको मार्चमा उसले सैनिक जागिर छोडेको थियोे ।
जापान अन्य मुलुकको तुलनामा विरलै यस किसिमका हिंसात्मक घटना हुने मुलुक हो ।(रासस÷एएफपी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












