जापानमा दुर्लभ मानिने हिंसात्मक हमलामा प्रहरीसहित दुईको मृत्यु
आक्रमणकारी जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य
टोकियो, जापान, १२ असार । जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ ।
एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताए। गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।
चक्कु प्रहारबाट घाइते प्रहरी ४६ वर्षीय केनिची इनाइजुमीको पनि उपचारका क्रममा अस्पतालमा मृत्युभएको अस्पताल स्रोतले पुष्टि गरेको छ । करिब ४०० विद्याथीृ रहेको उक्त विद्यालयका सुरक्षा गार्डलाई गरिएको आक्रमणपछि सम्पूर्ण विद्यार्थीलाई केही समयसम्म विद्यालयको एउटा पराकिलो कोठामा लगेर राखिएको थियो ।
आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा चलाएको गोली पेटमा लाग्दा गम्भीर घाइते भएको बताइएको छ ।
घटनामा अन्य कोही घाइते नभएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी २१ वर्षीय केइटा शिमाजु जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य भएको बताइएको छ । शिमाजु सन् २०१५ मा जापानको पश्चिमी शहर कानाजावा शिविरबाट सेनामा भर्ती भएको यहाँको सरकारी टेलिभिजन च्यानल एनएचके ले जनाएको छ । तर राइफल चलाउने तालिमपश्चमत गत वर्षको मार्चमा उसले सैनिक जागिर छोडेको थियोे ।
जापान अन्य मुलुकको तुलनामा विरलै यस किसिमका हिंसात्मक घटना हुने मुलुक हो ।(रासस÷एएफपी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












