भूकम्पमा फरार कैदी सम्पर्कमा आउन थाले
चौतारा, १३ असार । गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् ।
लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले हालै निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थालेका हुन् ।
यसै साता पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका विशाल तामाङ सम्पर्कमा आएका छन् । बीस वर्ष कैद तोकिएका तामाङले थप ५० प्रतिशतले अब ३० वर्ष जेल भुक्तान गर्नु पर्नेछ । त्यस्तै सोही गाउँका कर्तव्य ज्यान मुद्दामा सजाय पाएका ६२ वर्षीय मार लामाले पनि सम्पर्कमा आएपछि थपसमेत गरी अझै १३ वर्ष जेल सजाय भोग्नुपर्नेछ । यसअघि उनले १७ वर्ष दुई महिना सजाय काटिसकेका छन् ।
भूकम्प आएलगत्तै कारागारबाट भागेका २१६ जनामध्ये १२० जना सम्पर्कमा आइसकेका छन् । बाँकी ९६ जनामध्ये नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिक भएको कारागार शाखाका निमित्त प्रमुख नवराज सेनले जानकारी दिए ।
भूकम्पले भवन भत्केपछि स्थान अभावले विगत तीन वर्षदेखि त्यहाँबाट कैदी तथा थुनुवालाई अन्यत्र पठाउने गरिएको थियो । हाल महिलाबन्दी गृह ममर्त गरी सञ्चालनमा ल्याएपछि त्यहाँ ७५ कैदीबन्दीलाई राखिएको छ ।
बजेटको व्यवस्था भएमा आगामी छ महिनाभित्रमा पुरुषबन्दी गृहलाई ममर्त गर्न सक्ने कारागार शाखाले जनाएको छ । सो गृहको ममर्तका लागि रु ४२ लाख बजेट लाग्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।
सो भवन मर्मत भएपछि महिला सय जना गरी कुल २४० जना बन्दी राख्न सकिनेछ । महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै व्यवस्था हुने गरी निर्माणाधीन भवन ठेकदारले तेस्रो किस्ता लिन बाँकी हुँदै भत्केको थियो ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











