विदेश जाने युवाको श्रममा कसैलाई राज गर्न दिन्न मन्त्री विष्ट
काठमाडौं,१३ असार । श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने युवाहरुको श्रममा कसैलाई पनि राज गर्न नदिने बताएका छन् ।
बजेट छलफलमा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगारीमा गएका लाखौं युवाको श्रम र पसिनामा मुठ्ठीभर व्यक्तिले लुट र ठगीको स्वर्गीय राज चलाएको भन्दै वैदेशिक रोजगारीको नाममा हुने सबै किसिमको ठगी सरकारले रोक्ने दावी गरे । ‘लाखौं युवाको श्रम पसिनामाथि मुठीभरका व्यक्तिको लु्ट र ठगीको स्वर्गीय राजको अन्त्य गर्न सरकार सक्रिय छ’ उनले भने ।
मलेसिया जाने नेपाली युवाहरुलाई भीएलएन, ओएससी, माइग्रामजस्ता संस्था खडा गरी ठगी भइरहेकाले गैर कानुनी प्रक्रियाबाट रकम असुल गर्ने यी संस्थाहरुमाथि अघि बढेको कारबाही नरोकिने मन्त्री विष्टले बताए । ‘अहिले सतहमा देखिएका ठगी प्रक्रियामा सामेल व्यक्ति र संस्थामा छानबिन प्रक्रिया अघि बढेको छ । कानुनको दायरामा ल्याएको छ । उनीहरुउपर सरकारले कडा भन्दा कडा कारबाही गर्छ’ उनले भने ।
मन्त्री विष्टले वैदेशिक रोजगारीको नाममा खडा गरिने कुनै पनि प्रकारको सिण्डिकेट र ठगीलाई रोक लगाउन जस्तोसुकै कठोर कदम चाल्न पनि सरकार पछि नपर्ने बताए । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ४ सय ७७ जनाको मृत्यु भएको मन्त्री विष्टले संसदमा जानकारी गराएका छन् । अहिलेसम्म वैदेशिक रोजगारीका क्रममा ६ हजार ६ सय ५९ जना नेपालीले ज्यान गुमाएको पनि उनले बताए ।
विदेशको जेलमा हुनेको कानुनी प्रतिरक्षा सरकारले गर्छ
७ वर्षयता गन्तव्य मुलुकका अस्पतालमा २३ जना श्रमिकहरु कोमामा रहेका र ३३५ जना श्रमिक जेल र हिरासतमा रहेको पनि मन्त्री विष्टले जानकारी गराए । उनले विदेशको जेलमा रहेका नेपालीहरुको कानुनी प्रतिरक्षा अब सरकारले गर्ने बताएका छन् । त्यसका लागि निर्देशिका तयार भइसकेको भन्दै मन्त्री विष्टले अबको १० दिनपछि विदेशको जेलमा रहेका नेपालीहरुको कानुनी प्रतिरक्षा सरकारले गर्ने जानकारी गराए ।
‘विदेशको जेलमा रहेका नेपालीको कानुनी प्रतिरक्षाका लागि निर्देशिका तयार छ । १० दिनभित्र विदेशका जेलमा रहेका नेपाली श्रमिकको कानुनी प्रतिरक्षाको काम अघि बढाइनेछ’ उनले भने । क्यानडा, पोर्चुगल, जापान र मरिससजस्ता देशमा रोजगारीको सम्भावना देखापरेको भन्दै मन्त्री विष्टले यसलाई भरपर्दो गरी व्यवस्थित गर्न प्रक्रिया अघि बढाएको पनि बताए ।
मन्त्रालयको नाम फेर्न सांसदको सुझाव
मन्त्री विष्टको जवाफप्रति स्पष्टीकरण माग गर्दै सांसद प्रेम सुवालले सरकारले श्रम र श्रमिकको पक्षमा काम गर्न नसकेको भन्दै मन्त्रालयको नाम नै फेर्न सुझाव दिए ।‘श्रम मन्त्रालयले नेपाली मजदुरको वारेसको रुपमा काम गर्न किन सकेन रु श्रम रोजगार मन्त्रालयको नामको सट्टा वैदेशिक रोजगारी वा युवा बेचविखन मन्त्रालय राख्न सुझाव छ’ उनले भने ‘वैदेशिक रोजगारी र विप्रेषणबाट पनि देश विकास हुन्छ ?’
सांसद सुवालले नेपाली महिलाहरु घरेलु कामदारको रुपमा कुवेत सिटीमा खसिबोकाझैं बिक्री भएका भन्दै यसमा उच्च राजनीतिक नेतृत्वको संलग्नता रहेको संसदीय समितिले ठहर गरिसक्दा पनि किन कारबाही नभएको भनी प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री विष्टले संसदमा जथाभावी नबोल्न सांसद सुवाललाई सचेत गराए । ‘माननीयज्यूले सुधारको लागि भनेकाे भए ठीकैछ । अन्यथा सम्मानित संसदमा जिम्मेवार माननीयले उठाएको कुरा मानेर सरकारले मन्त्रालयको नाम राख्ने अवस्था आउने हो भने देशको अवस्था कहाँ पुग्ला रु यस विषयमा गम्भीर भएर धारणा राख्न म अनुरोध गर्दछु ।’
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











