विदेश जाने युवाको श्रममा कसैलाई राज गर्न दिन्न मन्त्री विष्ट
काठमाडौं,१३ असार । श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने युवाहरुको श्रममा कसैलाई पनि राज गर्न नदिने बताएका छन् ।
बजेट छलफलमा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगारीमा गएका लाखौं युवाको श्रम र पसिनामा मुठ्ठीभर व्यक्तिले लुट र ठगीको स्वर्गीय राज चलाएको भन्दै वैदेशिक रोजगारीको नाममा हुने सबै किसिमको ठगी सरकारले रोक्ने दावी गरे । ‘लाखौं युवाको श्रम पसिनामाथि मुठीभरका व्यक्तिको लु्ट र ठगीको स्वर्गीय राजको अन्त्य गर्न सरकार सक्रिय छ’ उनले भने ।
मलेसिया जाने नेपाली युवाहरुलाई भीएलएन, ओएससी, माइग्रामजस्ता संस्था खडा गरी ठगी भइरहेकाले गैर कानुनी प्रक्रियाबाट रकम असुल गर्ने यी संस्थाहरुमाथि अघि बढेको कारबाही नरोकिने मन्त्री विष्टले बताए । ‘अहिले सतहमा देखिएका ठगी प्रक्रियामा सामेल व्यक्ति र संस्थामा छानबिन प्रक्रिया अघि बढेको छ । कानुनको दायरामा ल्याएको छ । उनीहरुउपर सरकारले कडा भन्दा कडा कारबाही गर्छ’ उनले भने ।
मन्त्री विष्टले वैदेशिक रोजगारीको नाममा खडा गरिने कुनै पनि प्रकारको सिण्डिकेट र ठगीलाई रोक लगाउन जस्तोसुकै कठोर कदम चाल्न पनि सरकार पछि नपर्ने बताए । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ४ सय ७७ जनाको मृत्यु भएको मन्त्री विष्टले संसदमा जानकारी गराएका छन् । अहिलेसम्म वैदेशिक रोजगारीका क्रममा ६ हजार ६ सय ५९ जना नेपालीले ज्यान गुमाएको पनि उनले बताए ।
विदेशको जेलमा हुनेको कानुनी प्रतिरक्षा सरकारले गर्छ
७ वर्षयता गन्तव्य मुलुकका अस्पतालमा २३ जना श्रमिकहरु कोमामा रहेका र ३३५ जना श्रमिक जेल र हिरासतमा रहेको पनि मन्त्री विष्टले जानकारी गराए । उनले विदेशको जेलमा रहेका नेपालीहरुको कानुनी प्रतिरक्षा अब सरकारले गर्ने बताएका छन् । त्यसका लागि निर्देशिका तयार भइसकेको भन्दै मन्त्री विष्टले अबको १० दिनपछि विदेशको जेलमा रहेका नेपालीहरुको कानुनी प्रतिरक्षा सरकारले गर्ने जानकारी गराए ।
‘विदेशको जेलमा रहेका नेपालीको कानुनी प्रतिरक्षाका लागि निर्देशिका तयार छ । १० दिनभित्र विदेशका जेलमा रहेका नेपाली श्रमिकको कानुनी प्रतिरक्षाको काम अघि बढाइनेछ’ उनले भने । क्यानडा, पोर्चुगल, जापान र मरिससजस्ता देशमा रोजगारीको सम्भावना देखापरेको भन्दै मन्त्री विष्टले यसलाई भरपर्दो गरी व्यवस्थित गर्न प्रक्रिया अघि बढाएको पनि बताए ।
मन्त्रालयको नाम फेर्न सांसदको सुझाव
मन्त्री विष्टको जवाफप्रति स्पष्टीकरण माग गर्दै सांसद प्रेम सुवालले सरकारले श्रम र श्रमिकको पक्षमा काम गर्न नसकेको भन्दै मन्त्रालयको नाम नै फेर्न सुझाव दिए ।‘श्रम मन्त्रालयले नेपाली मजदुरको वारेसको रुपमा काम गर्न किन सकेन रु श्रम रोजगार मन्त्रालयको नामको सट्टा वैदेशिक रोजगारी वा युवा बेचविखन मन्त्रालय राख्न सुझाव छ’ उनले भने ‘वैदेशिक रोजगारी र विप्रेषणबाट पनि देश विकास हुन्छ ?’
सांसद सुवालले नेपाली महिलाहरु घरेलु कामदारको रुपमा कुवेत सिटीमा खसिबोकाझैं बिक्री भएका भन्दै यसमा उच्च राजनीतिक नेतृत्वको संलग्नता रहेको संसदीय समितिले ठहर गरिसक्दा पनि किन कारबाही नभएको भनी प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री विष्टले संसदमा जथाभावी नबोल्न सांसद सुवाललाई सचेत गराए । ‘माननीयज्यूले सुधारको लागि भनेकाे भए ठीकैछ । अन्यथा सम्मानित संसदमा जिम्मेवार माननीयले उठाएको कुरा मानेर सरकारले मन्त्रालयको नाम राख्ने अवस्था आउने हो भने देशको अवस्था कहाँ पुग्ला रु यस विषयमा गम्भीर भएर धारणा राख्न म अनुरोध गर्दछु ।’
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












