प्रभु समूहले किन्यो स्मार्ट च्वाइस टेक्नोलोजी !
काठमाडौं १३ काठमाडाैं । सेयर बजारमा चार गुणा बढि मूल्यमा कारोवार भइरहेको स्मार्ट च्वाइस टेक्नोलजी (एससिटी) को सेयरलाइ प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु बैकले किनेको छ ।
यो कारोवारबाट सरकारले पनि ओटिसी बजारबाट अहिलेसम्मकै सबैभन्दा बढि ९५ लाख ६७ हजार ९० रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ।
अंकित मूल्य हाराहारीमा कारोबार हुँदै आएको ओभर द काउन्टर (ओटिसी) बजारमा एससिटीको अंकित मूल्य एक सय रूपैयाँ प्रति कित्ताको शेयर चार सय २५ रुपैयाँमा कारोवार भएको हो। नौ करोड ८१ लाख २४ हजार रुपैयाँमा २३ हजार आठ सय ८० कित्ता शेयर खरिद विक्री भएको हो।
एससिटीमा ग्लोबल आइएमइ बैंक, हिमालयन बैंकलगायतले पनि लगानी गरेका छन्। कम्पनीलाई २५ करोड रुपैयाँ चुक्ता पूँजीको पुर्याउने तयारी भइरहेको प्रबन्ध निर्देशक रबीन्द्रमान मल्लले जानकारी दिए।
कारोवार सुरु गरेको करिव तीन वर्षपछि ओभर द काउन्टर (ओटिसी) बजारले विस्तारै गति लिन थालेको छ। एससिटीसँगै अन्य कम्पनीहरुको कारोबार पनि ओटिसी बजारमा हुन थालेको छ। कारोबार बढेसँगै पूँजीगत लाभ कर पनि बृद्धि हुन थालेको छ।
बुधबारसम्म ४४ वटा कम्पनीको कारोवार भइसकेको छ। एक करोड पाँच लाख रुपैयाँ पूँजीगत लाभकर उठिसकेको नेपाल स्टक एक्सचेञ्ज स्रोतले जानकारी दिएको छ । यसअघि भने अंकित मूल्यमै बढी कारोवार हुने भएकोले पूँजीगत लाभकर उठ्दैन थियो।
यस वर्ष ओटिसी बजारमा दर्ता हुने कम्पनीको संख्या पनि बढेको छ। बुधवारसम्म ८१ कम्पनी कारोवारका लागि बजारमा दर्ता भएका छन्। तिनै कम्पनीमध्ये ४२ कम्पनीको चालु आर्थिक वर्षमा कारोवार भएको हो। दर्ता भएका ८२ कम्पनीमा केहि कम्पनीको भने ओटिसीमा कारोबार हुन छाडेको छ। ती कम्पनीहरुले साधारण शेयर जारी गरेर सुचिकृत भइसकेकाले ओटिसीबाट हटेका हुन्।
दर्ता शुल्क नलाग्ने तथा कारोवारमा सहजता र कारोवार शुल्क न्युन भएकोले ओटिसी बजारमा दर्ता हुने कम्पनीको संख्या बढेको ओटिसी बजार प्रमुख भेषराज खनालले वताए।
ओटिसी बजारबाट कारोबार बढाउने भन्दै नेपाल धितोपत्र बोर्डले पछिल्लो समय ९० प्रतिशत कमिसन समेत घटाएको थियो। पहिले जुनसुकै कारोबारमा डेढ प्रतिशत शुल्क लिने व्यवस्थालाई परिवर्तन गरि बोर्डले कारोबार रकम अनुसार कमिसन शुल्क वर्गीकृत गरेको छ।
धितोपत्र बोर्डका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा १४ सय पब्लिक कम्पनी दर्ता छन्। त्यसमध्ये १२ सयभन्दा वढी कम्पनीले सर्बसाधारणमा शेयर जारि गरेका छैनन्। तिनै कम्पनी र पब्लिक कम्पनीमा रुपान्तरण भएका तर सार्बजनिक शेयर निष्काशन नगरेका एवं नेप्सेबाट सूचीकरण खारेज भएका कम्पजनीको कारोबार गराउने उध्येश्यका साथ ओटिसी बजार सञ्चालनमा ल्याइएको हो।
थुप्रै कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएका भएपनि ओटिसी बजारमा भने अपेक्षाकृत अझै दर्ता हुन सकैका छैनन्। तर पब्लिक कम्पनीमा रुपान्तरित कम्पनीले शेयर खरिद विक्रि गर्न ओटिसी बजारनै सहज हुने भएकोले कम्पनीहरुको आकर्षण ओटिसी बजार प्रति विस्तारै वढ्न थालेको छ।
नेप्सेको कार्यालयमै एउटा विभागअन्तर्गत बजार संचालनमा आएपछि २०७२ चैत ७ गते मारुती सिमेन्टको शेयर ट्रान्सफर गर्दै ओटिसी बजारबाट पहिलो कारोबार भएको थियो। त्यसपछिको एक बर्ष खासै काम नभएको बजारले पछिल्लो दुई वर्षदेखि गति लिन थालेको हो।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












