प्रभु समूहले किन्यो स्मार्ट च्वाइस टेक्नोलोजी !
काठमाडौं १३ काठमाडाैं । सेयर बजारमा चार गुणा बढि मूल्यमा कारोवार भइरहेको स्मार्ट च्वाइस टेक्नोलजी (एससिटी) को सेयरलाइ प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु बैकले किनेको छ ।
यो कारोवारबाट सरकारले पनि ओटिसी बजारबाट अहिलेसम्मकै सबैभन्दा बढि ९५ लाख ६७ हजार ९० रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ।
अंकित मूल्य हाराहारीमा कारोबार हुँदै आएको ओभर द काउन्टर (ओटिसी) बजारमा एससिटीको अंकित मूल्य एक सय रूपैयाँ प्रति कित्ताको शेयर चार सय २५ रुपैयाँमा कारोवार भएको हो। नौ करोड ८१ लाख २४ हजार रुपैयाँमा २३ हजार आठ सय ८० कित्ता शेयर खरिद विक्री भएको हो।
एससिटीमा ग्लोबल आइएमइ बैंक, हिमालयन बैंकलगायतले पनि लगानी गरेका छन्। कम्पनीलाई २५ करोड रुपैयाँ चुक्ता पूँजीको पुर्याउने तयारी भइरहेको प्रबन्ध निर्देशक रबीन्द्रमान मल्लले जानकारी दिए।
कारोवार सुरु गरेको करिव तीन वर्षपछि ओभर द काउन्टर (ओटिसी) बजारले विस्तारै गति लिन थालेको छ। एससिटीसँगै अन्य कम्पनीहरुको कारोबार पनि ओटिसी बजारमा हुन थालेको छ। कारोबार बढेसँगै पूँजीगत लाभ कर पनि बृद्धि हुन थालेको छ।
बुधबारसम्म ४४ वटा कम्पनीको कारोवार भइसकेको छ। एक करोड पाँच लाख रुपैयाँ पूँजीगत लाभकर उठिसकेको नेपाल स्टक एक्सचेञ्ज स्रोतले जानकारी दिएको छ । यसअघि भने अंकित मूल्यमै बढी कारोवार हुने भएकोले पूँजीगत लाभकर उठ्दैन थियो।
यस वर्ष ओटिसी बजारमा दर्ता हुने कम्पनीको संख्या पनि बढेको छ। बुधवारसम्म ८१ कम्पनी कारोवारका लागि बजारमा दर्ता भएका छन्। तिनै कम्पनीमध्ये ४२ कम्पनीको चालु आर्थिक वर्षमा कारोवार भएको हो। दर्ता भएका ८२ कम्पनीमा केहि कम्पनीको भने ओटिसीमा कारोबार हुन छाडेको छ। ती कम्पनीहरुले साधारण शेयर जारी गरेर सुचिकृत भइसकेकाले ओटिसीबाट हटेका हुन्।
दर्ता शुल्क नलाग्ने तथा कारोवारमा सहजता र कारोवार शुल्क न्युन भएकोले ओटिसी बजारमा दर्ता हुने कम्पनीको संख्या बढेको ओटिसी बजार प्रमुख भेषराज खनालले वताए।
ओटिसी बजारबाट कारोबार बढाउने भन्दै नेपाल धितोपत्र बोर्डले पछिल्लो समय ९० प्रतिशत कमिसन समेत घटाएको थियो। पहिले जुनसुकै कारोबारमा डेढ प्रतिशत शुल्क लिने व्यवस्थालाई परिवर्तन गरि बोर्डले कारोबार रकम अनुसार कमिसन शुल्क वर्गीकृत गरेको छ।
धितोपत्र बोर्डका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा १४ सय पब्लिक कम्पनी दर्ता छन्। त्यसमध्ये १२ सयभन्दा वढी कम्पनीले सर्बसाधारणमा शेयर जारि गरेका छैनन्। तिनै कम्पनी र पब्लिक कम्पनीमा रुपान्तरण भएका तर सार्बजनिक शेयर निष्काशन नगरेका एवं नेप्सेबाट सूचीकरण खारेज भएका कम्पजनीको कारोबार गराउने उध्येश्यका साथ ओटिसी बजार सञ्चालनमा ल्याइएको हो।
थुप्रै कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएका भएपनि ओटिसी बजारमा भने अपेक्षाकृत अझै दर्ता हुन सकैका छैनन्। तर पब्लिक कम्पनीमा रुपान्तरित कम्पनीले शेयर खरिद विक्रि गर्न ओटिसी बजारनै सहज हुने भएकोले कम्पनीहरुको आकर्षण ओटिसी बजार प्रति विस्तारै वढ्न थालेको छ।
नेप्सेको कार्यालयमै एउटा विभागअन्तर्गत बजार संचालनमा आएपछि २०७२ चैत ७ गते मारुती सिमेन्टको शेयर ट्रान्सफर गर्दै ओटिसी बजारबाट पहिलो कारोबार भएको थियो। त्यसपछिको एक बर्ष खासै काम नभएको बजारले पछिल्लो दुई वर्षदेखि गति लिन थालेको हो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












