सुन काण्डमा फैलिएको एउटा अफवाहः व्यवसायी मल्होत्राको संग्नता देखिन्न !
काठमाडाैं १५, असार । प्रतिष्ठित व्यापारी तथा नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
बिगत केही दिनदेखि व्यवसायी मल्होत्रा साढे ३३ किलो सुन तस्करीकाण्डमा मुछिएको, उनको व्यवसायिक साझेदार भनिएका हुण्डी व्यापारी बिमल पोद्दारलाई उच्चस्तरीय छानविन समितिले प्रक्राउ गरेपछि उनले मल्होत्रालाई पोलेको, त्यसपछि दीपक मल्होत्रा फरार भएको जस्ता अफवाह बजारमा व्यापक फैलिएपछि न्युज-नेपाल डटकमले यसबारेको वास्तविकता बुझ्ने प्रयास गरेको थियो ।
छानविन समिति र गृह मन्त्रालय उच्च स्रोतले हालसम्म व्यवसायी दीपक मल्होत्राको नाम कसैले नपोलेको तथा हाम्रो आफ्नै सुचना संयन्त्रले खोजी एवं मिहीन अनुसन्धान गर्दापनि कँहीकतैबाट पनि उनको संलग्नता पुष्टि हुने काम कारवाही नदेखिएको जानकारी दिएको छ । ठूला माछा समात्ने समितिको प्रयासमा उँहाको नाम पनि जवरजस्त केही संचार माध्यामले जोडेकोले के रहेछ भनि हामीले गहन अनुसन्धान गरेका थियौ तर उँहाको संलग्नता कतैबाट पनि देखिएन : गृह स्रोतले दावी गरेको छ ।
चर्चित हुण्डी व्यवसाही बिमल पोद्दारलाई छानविन समितिले प्रक्राउ गरेपछि केही संचार माध्याममा व्यवसायी मल्होत्राको नाम जोडेर समाचार प्रकाशित भएका थिए । जतिबेला मल्होत्रालाई समितिले प्रक्राउ गर्न लागेकोले उनी फरार भए भनि व्यापक अफ्वाह फैलाईएको थियो त्यतिबेला उनी प्रधानमन्त्री केपी ओलीसँगै चीनको उच्चस्तरीय भ्रमण दलमा समाबेश थिए ।
व्यवसायी मल्होत्रा नेपाल चेम्बर अफ कर्मशको तर्फबाट भ्रमण दलमा सामेल थिए । उनी प्रधानमन्त्री ओलीसँगै नेपाल फर्किसकेका छन् । उनी चेम्बरको उपाध्यक्ष पनि हुन । कुनै समय उनको नाम सुन र भारु तस्करीमा जोडिएपनि बिगत १५ बर्षदेखि मल्होत्रा मोबाईल ,घरजग्गा तथा कोरियन गाडी साङयोङको व्यापारमा संलग्न रहदै आएका छन् ।
यता गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको उच्चस्तरीय छानविन समितिले ३८ सय क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिन अन्तिम चरणमा पुर्याएको छ । चैत २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार गठन भएको समितिले असार मसान्तसम्म सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने गरी अनुसन्धान प्रक्रियालाई निष्कर्षतर्फ पुर्याउन लागेको बताएको छ ।
गत माघ ९ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भित्रर्याएर बेपत्ता पारिएको भनिएको तस्करीको साढे ३३ किलो सुनका भरिया भनिएका मोरङका सनम शाक्यको हत्या भएपछि सरकारले सुन तस्करी र सनमको हत्याबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
समिति गठन भएपछि प्रहरीका बहालबाला उच्च अधिकारीसहित व्यवसायी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतको थुनछेक बहसपछि सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेसहित ३१ जना प्रतिवादी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा दर्ता भएकामध्ये ३० जना प्रतिवादी अझै फरार छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












