सुन काण्डमा फैलिएको एउटा अफवाहः व्यवसायी मल्होत्राको संग्नता देखिन्न !
काठमाडाैं १५, असार । प्रतिष्ठित व्यापारी तथा नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
बिगत केही दिनदेखि व्यवसायी मल्होत्रा साढे ३३ किलो सुन तस्करीकाण्डमा मुछिएको, उनको व्यवसायिक साझेदार भनिएका हुण्डी व्यापारी बिमल पोद्दारलाई उच्चस्तरीय छानविन समितिले प्रक्राउ गरेपछि उनले मल्होत्रालाई पोलेको, त्यसपछि दीपक मल्होत्रा फरार भएको जस्ता अफवाह बजारमा व्यापक फैलिएपछि न्युज-नेपाल डटकमले यसबारेको वास्तविकता बुझ्ने प्रयास गरेको थियो ।
छानविन समिति र गृह मन्त्रालय उच्च स्रोतले हालसम्म व्यवसायी दीपक मल्होत्राको नाम कसैले नपोलेको तथा हाम्रो आफ्नै सुचना संयन्त्रले खोजी एवं मिहीन अनुसन्धान गर्दापनि कँहीकतैबाट पनि उनको संलग्नता पुष्टि हुने काम कारवाही नदेखिएको जानकारी दिएको छ । ठूला माछा समात्ने समितिको प्रयासमा उँहाको नाम पनि जवरजस्त केही संचार माध्यामले जोडेकोले के रहेछ भनि हामीले गहन अनुसन्धान गरेका थियौ तर उँहाको संलग्नता कतैबाट पनि देखिएन : गृह स्रोतले दावी गरेको छ ।
चर्चित हुण्डी व्यवसाही बिमल पोद्दारलाई छानविन समितिले प्रक्राउ गरेपछि केही संचार माध्याममा व्यवसायी मल्होत्राको नाम जोडेर समाचार प्रकाशित भएका थिए । जतिबेला मल्होत्रालाई समितिले प्रक्राउ गर्न लागेकोले उनी फरार भए भनि व्यापक अफ्वाह फैलाईएको थियो त्यतिबेला उनी प्रधानमन्त्री केपी ओलीसँगै चीनको उच्चस्तरीय भ्रमण दलमा समाबेश थिए ।
व्यवसायी मल्होत्रा नेपाल चेम्बर अफ कर्मशको तर्फबाट भ्रमण दलमा सामेल थिए । उनी प्रधानमन्त्री ओलीसँगै नेपाल फर्किसकेका छन् । उनी चेम्बरको उपाध्यक्ष पनि हुन । कुनै समय उनको नाम सुन र भारु तस्करीमा जोडिएपनि बिगत १५ बर्षदेखि मल्होत्रा मोबाईल ,घरजग्गा तथा कोरियन गाडी साङयोङको व्यापारमा संलग्न रहदै आएका छन् ।
यता गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको उच्चस्तरीय छानविन समितिले ३८ सय क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिन अन्तिम चरणमा पुर्याएको छ । चैत २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार गठन भएको समितिले असार मसान्तसम्म सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने गरी अनुसन्धान प्रक्रियालाई निष्कर्षतर्फ पुर्याउन लागेको बताएको छ ।
गत माघ ९ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भित्रर्याएर बेपत्ता पारिएको भनिएको तस्करीको साढे ३३ किलो सुनका भरिया भनिएका मोरङका सनम शाक्यको हत्या भएपछि सरकारले सुन तस्करी र सनमको हत्याबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
समिति गठन भएपछि प्रहरीका बहालबाला उच्च अधिकारीसहित व्यवसायी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतको थुनछेक बहसपछि सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेसहित ३१ जना प्रतिवादी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा दर्ता भएकामध्ये ३० जना प्रतिवादी अझै फरार छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












