धवलागिरिमा “एक घर, एक ओखर” कार्यक्रम
बाबियाचौर, म्याग्दी, १५ असार । म्याग्दीको धवलागिरि गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट रु दश लाख बजेट विनियोजन गरिएको छ ।
विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए ।
अघिकांश उच्च पहाडी भागमा अवस्थित गाउँपालिकामा बालबालिकाको वौद्धिक क्षमताको विकासमा उपयोगी मानिएको ओखरखेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनमा सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । अध्यक्ष पुनका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई एउटा दाँते ओखरको बिरुवा वितरण गरिने भएको छ ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उक्त गाउँपालिकाले सडक विस्तार तथा स्तरोन्नति र केन्द्रीय प्रशारण लाइन विस्तारमा प्राथमिकता दिएर आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २६ लाख ६९ हजार ८२५ बजेट विनियोजन गरेको छ ।
निर्माणाधिन मुनामुदी सडकलाई रु ८० लाख, ताकम विद्युतीकरणका लागि रु ९० लाख, लुलाङ दरखोला दोस्रो लघुजलविद्युत् परियोजनालाई रु ५० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
विद्यार्थी भर्ना दर उच्च राख्न तथा विद्यालय छाड्ने दर न्यून राख्न ५ नं वडा मल्कवाङ र ताकममा विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । अन्य पाँचवटा वडामा गुँड नेवर्स इन्टरनेशनलले म्याग्दी सामुदायिक विकास परियोजनामार्फत यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गरेको छ ।
शून्य दरबन्दीमा सञ्चालित समस्याग्रस्त सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि रु १८ लाख ५० विनियोजन गरेको गाउँपालिकाले नमूना विद्यालय कार्यक्रमका लागि रु १५ लाख छुट्ट्याएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।
गाउँपालिकाबाट एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई जनही रु पाँच हजारसहितको ‘अध्यक्ष–उपाध्यक्ष छात्रवृत्ति’ प्रदान गरिने भएको छ ।
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...












