दरवारमार्गको किङ्स लाउञ्जमा लाईभ फुटबल, फाईभ ब्रदर्शले तताउँदै छन् फुटबलप्रेमीलाई
काठमाडाैं १६, असार । दरवारमार्ग भन्ने बित्तिकै नेपालको सवैभन्दा महंगो र ठूलाबडा मानिसले आफ्नो आवश्यकताका सामान परिपूर्ति गर्ने ठाउँ या धेरै पैसा हुनेले रातमा मस्ति गर्न निस्कने ठाउँका रुपमा चिनिन्छ ।
दरवारमार्गका बारेमा विभिन्न किस्सा सुनिने गर्छन् । नेपालका हिरो हिरोइन देखि चल्तिका राजनितिज्ञ समेतले कुनै मिडियामा उनीहरुको फेसन, खानपान या अन्य सामान किन्ने हबका रुपमा रोज्ने गरेको बताउछन तर, यति मात्र नभइ यो स्थान नारायणहिटि संग्राहलयको छेवैमा रहेकाले पनि मानिसहरु यसका बारेमा सुन्न जान्न उत्सुक हुन्छन नै ।
केहि समय पहिले बजार अनुगमन टोलीले अनुगमनका क्रममा सामानको मूल्य चर्को भएको भन्दै पसलहरुमा शिलबन्दी समेत गरेको थियो र फलस्वरुप त्यहाँका व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए ।
यहि भिडमा दुई महिना पहिले दरवारमार्गमै फाइभ ब्रदर्शको आखाँ लाग्यो रेस्टुरेन्ट व्यवसायमा । उनीहरु विभिन्न क्षेत्रमा अनुभव बटुलेर धेरै संघर्ष गरेर नेपालमा केहि गर्न सकिन्छ बन्ने विचारले होटेल व्यवसायका रुपमा सञ्चालनमा ल्याए ‘किंङस लाउञ्ज’ !
रेस्टुरेन्ट व्यवसाय भन्न बित्तिकै हाम्रो दिमागमा आइहाल्छ कि, राम्रो छवी नभएका, गुण्डागर्दी लगायतका यस्तै अन्य नकारात्मक कुराहरुले भरिएको पोको । तर, यस्तो नभइ अहिले यो व्यवसायमा सकारात्मक सोच भएका उर्जावान र प्रतिष्ठित युवाहरु लगानी गर्न लालायित छन् । त्यसैमध्येमा हो पछिल्लो समय खुलेको ‘किंङस लाउञ्ज’।
‘किंङस लाउञ्ज’ नै किन ?
फुड, ड्रिङ्स, म्युजिक भन्ने तीन नारा लिएर अगाडि बढेका किङ्स ब्रदर्शका पाँच भाई मिलेर खोलेको ‘किंङस लाउञ्ज’ले रसियामा जारी विश्वकप लाईभ देखाइरहेको छ ।
किङ्स लाउञ्जले २० बाइ ११ फिटको एचडी स्क्रीनबाट फुटबल लाईभ देखाइरहेको छ । दरवारमार्गमा भएका अन्य रेस्टुरेन्ट भन्दा केहि फरक गरेर व्यवसाय गर्ने फाइभ ब्रदर्शको संकल्पको पहिलो खुड्किलोका रुपमा उच्च सुरक्षा, पारिवारिक वातावरण र ग्राहकलाई दिइने सेवा नै प्रमुख ध्येयका रुपमा अगाडि सारिएका छन् ।
ग्राहकको अवस्थालाई ख्याल राख्दै किङ्स लाउञ्जले केहि नयाँ गरेको छ । त्यो हो, ग्राहकलाई नसा चढेर उ आफ्नो घर सम्म ड्राइभ गरेर जान सक्दैन या उ आफै घरसम्म जान नसक्ने अवस्था आएमा उनीहरुको टिमले नै घरसम्म सुरक्षित पुर्याउने । यतिमात्रै होइन उनीहरु कसैले जन्मदिन, पार्टी लगायतका अन्य कुनै काम किङ्स लाउञ्जमा गर्न चाहन्छ भने घरमा पुगेर लिने देखि घरसम्म छोड्नेसम्म गरेका छन् ।
अहिले केहि नेपाली यस्तापनि छन् जो नेपालमा रेस्टुरेन्टलाई विश्वास नै गर्दैनन् र उनीहरु सुक्रबार प्लेन चढेर थाइल्याण्ड पुगेर रमाइलो गरेर फर्किन्छन । उनीहरु नेपालमा भएका रेस्टुरेन्टमा सुरक्षाकाे अभाव मात्रै देख्दैनन् क्वालिटि पनि नभएकाले जानु परेको गुनासो गर्ने गर्छन । यी यस्तै कुराहरु देखेर ‘किंङस लाउञ्ज’मा फाइभ ब्रदर्शले रेस्टुरेन्ट व्यवसायमा देखिएका समस्याको पहिचान गरेर गहन अध्ययन पश्चात सेवा र सुरक्षामा कुनै सम्झाैता नगर्ने प्रतिबद्वता जनाएका छन् ।
लाउञ्जले विश्वकप महाकुम्भ मेलाका अवरसमा देखाइरहेको फुटबल लाईभमा खानेकुराहरुको विभिन्न मेन्युमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए ।
रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।
लाउन्ज सञ्चालकका नजरमा किङ्स
विभिन्न पेशा र व्यवसायमा आवद्द युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो ।
लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं । किङ्समा छिर्ने मानिस जो कोहिले फरक अनुभूति गर्छ किनकी बाटो देखि नै किङ्सले आफ्नै लगानीमा लिफ्टको व्यवस्था गरेको छ ।
भुकम्पीय जोखिमलाई मध्यनजर गर्दै किङ्सले दुई वटा एक्जिट ढोकाको व्यवस्था गरेको छ । लाउञ्ज सञ्चालकहरु आफ्नो रेस्टुरेन्टमा खानालाई उच्च प्राथमिकता दिएर बनाइने दाबी गर्छन् ।
ग्राहक एकपटक आयो भने अर्को पटक अन्यत्र जानै नमान्ने दाबी गर्छन । आखिर के छ किङ्समा र मानिस फर्केर त्यहि आउने गर्छन भन्ने जिज्ञासामा सञ्चालकहरु उत्साहित मुद्रामा थप्छन्, हामीले दिने सेवा, खाना, लाईभ म्युजिक र सुरक्षा नै हाम्रो पहिचान हो । परिवारका सदस्य बसेर ढुक्कले मजा लिन सकिने एकमात्र स्थान हो किङ्स !
नेपालको रेस्टुरेन्ट इतिहासमा नयाँ योजनाको प्रयोग गरेको दाबी गर्ने उनीहरु ग्राहकले दिएको सुझावबाट झनै हर्षित छन् ।
च्यालेन्जिङ व्यवसायका रुपमा रेस्टुरेन्ट व्यवसायलाई बुझेका उनीहरु किङ्सलाई साच्चिकै किङ्स अर्थात राजा बनाउनेध्याउन्नमा छन् । फुटबल लाईभ देखाउन थाले देखि उनीहरु अझे मानिसहरुका माझ चिनिने माैका पाएको बताउछन् ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












