टाइब्रेकरमा मा खेल जिते आयोजक रसिया र क्रोएशियाले
रसियामा आइतबार राती सम्पन्न क्रोएशीया तथा डेनमार्कबीचको खेलमा डेनमार्क पराजीत भएको छ। क्रोएशियाले टाइब्रेकरमा डेनमार्कलाई ३ २ ले हराएको हो।
निर्धारित ९० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो।अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो।
टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे जसका कारण खेल टाइब्रेकरमा पुग्यो।
यस अघि आयोजक राष्ट्र रसिया र स्पेनबीचको खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेर सकिएको थियो।पहिलो हाफमा दुबै देश १ १ गोलको बराबरीमा रोकिएका थिए र दोश्रो हाफमा कुनै गोल हुन सकेन।
खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो। उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेका थिए।डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए। तर उसको अग्रतालाई क्रोएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन्। खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काएका थिए।
क्रोएशियाको भेट अब क्वाटरफाइनलमा आयोजक राष्ट्र रसियासँग हुनेछ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












