मेक्सिकोले नेयमारलाई रोकेर जादु देखाउन सक्ला ?
एजेन्सी । रसियामा चलिरहेको फुटबलमा एकपछि अर्को झड्का दिने खालका खेलहरुले यो सावित गरिदिएका छन् की खेल अवधिभर कसले कस्तो नतिजा निकाल्न सक्छ भनेर पूर्वानुमान गर्नु नै आत्मघाति कुरा हो ।
यसअघि शक्तिशाली मानिएका टिम जसले विश्वकपको ट्रफी उचाल्नसक्ने अनुमान गरिएको थियो जर्मनी, अर्जेन्टिना, पार्चुगल र स्पेन क्रमैसँग विश्वकपबाट बाहिरिएका छन् ।
जारी विश्वकपमा कहलिएका टिमहरु एकपछि अर्को गर्दै घर फर्किन बाध्य टिमले पनि खेल सहज हुनेमा शंका छ ।
त्यस्तै, ५ पटकको विश्वकप विजेता ब्राजिल प्रि—क्वाटरफाइनलमा सोमबार (आज) मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफको उपविजेता मेक्सिको रसियाको समरा एरिनामा खल्दैछन् । खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ ।
यसअघि समूह चरणका खेलमा दुवैले उतकृष्ट प्रदर्शन गर्दै प्रि—क्वाटरफाइनल पुगेका यी टोलीबीचको खेललाई विश्वकपमा महत्वपूर्ण मानिएको छ ।
यससँगै ब्राजिलको भविष्यका बारेमा टिकाटिप्पणी जारी छ । ब्राजिलका स्टार नेयमार लयमा आइसकेकाले पनि ब्राजिललाई रोक्न गाह्रो पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको विश्वकप उपाधि विजेता ब्राजिल र दुई पटको क्वाटरफाइनलसम्म पुगेको मेक्सिकोले आ—आफ्नो इतिहास बनाउने दाउमा हुनेछन् ।
विश्वकै सबैभन्दा महंगा खेलाडी नेयमार रहेको ब्राजिललाई रोक्न मेक्सिकोले विभिन्न रणनीति अपनाउनेछ । ब्राजिलका स्टार नेयमारलाई रोक्दै आफ्नो जित निकाल्ने रणनीतिमा मेक्सिको हुनेछ । मेक्सिकोले ब्राजिलविरुद्ध जाभिएर हेर्नान्डेजलाई मुख्य हतियारका रुपमा मैदान उतार्नेछ । त्यस्तै उनीसँगै मेक्सिकोका लागि कार्लोस भेला, हिर्भिङ लोजानो पनि रहेका छन् ।
हेड टु हेड
ब्राजिल र मेक्सिकोबीच भएका खेलमा जितमा ब्राजिलले जितेको छ । अहिलेसम्म ब्राजिल र मेक्सिकोको भेट ४० पटक भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ भने ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।
ब्राजिलका ताकतः नेयमार, मार्सेलो र काउन्टीन्हो
ब्राजिलका स्टार नेयमारले रसिया विश्वकपको पहिलो खेलमा आम दर्शकको अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्न सकेनन् । जसमा स्वीट्जरल्यान्डसँग ब्राजिलले १—१ गोलको बराबरी खेल्यो । जसमा फिलीप काउन्टीन्होले एक गोल गर्दै नायक सावित भए ।
तर, ब्राजिलको समूह चरणको दोस्रो खेलमा स्टार नेयमारको कमब्याक भयो । जसमा उनले राम्रो पास निकाले पनि सुरुमा गोल हुन सकेन । नेयमारको कमब्याकसँगै ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्यो । कोस्टारिकासँगको खेल निकै रोचक भएको थियो । जसमा खेलको निर्धारित समय सकिएपछि थप गरिएको ७ मिनेटमा ब्राजिलले २ गोल गरेको थियो । जुन नेयमार र फिलीपे कोन्टिन्होले एक—एक गोल गरेका थिए । दोस्रो खेलमा कोस्टारिकालाई २—० गोलले पराजित गरेको छ ।
त्यस्तै, समूह चरणको अन्तिम सर्बियासँगको खेलमा ब्राजिलले २—० गोल अन्तरले जितेको थियो । सर्बियासँगको खेल ब्राजिलका लागि निर्णायक खेल थियो । सर्बियालाई जित्नैपर्ने दबाबलाई ब्राजिलका पाउलीन्होले ३६ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका थिए भने खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गोल गरेपछि २—० गोलले सर्बियालाई पराजित गरेको थियो ।
मेक्सिकोविरुद्ध आजको खेलमा ब्राजिलसँग स्टार खेलाडी नेयमारसँगै फिलीप कोउटीन्हो, थियागो सिल्भा, मार्सेलो र पाउलिन्हो पहिलो रोजाइका खेलाडी हुनेछन् ।
नेयमारका लागि चुनौती जाभिएर हेर्नान्डेज र कार्लोस भेला
जारी विश्वकप फुटबलमा मेक्सिकोले समूह चरणको पहिलो खेलमा चामत्कारिक प्रदर्शन गर्यो । जसमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो । जर्मनीलाई मेक्सिकोले १—० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा नायकका रुपमा मेक्सिकोका फरर्वाड हिर्भिङ लोजानो बनेका थिए ।
मेक्सिकोले ब्राजिललाई पराजित गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने सपना बोक्दै क्वाटरफाइनल प्रवेश गर्नेछ । समूह चरणको दोस्रो मेक्सिकोले दक्षिण कोरियालाई २—१ गोलले पराजित गर्दा जाभिएर हेर्नान्डेज र कार्लोस भेलाले एक —एक गोल गरेका थिए ।
ब्राजिल विरद्धको खेल उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिलमाथि जित निकाल्ने रणनीतिमा मेक्सिको मैदान उत्रिँदैछ । मेक्सिको यसअघि २ पटक विश्वकपको क्वाटरफाइनल पुगेको छ ।
सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनल सम्म पुगेको थियो । रसिया विश्वकपमा इतिहास रच्ने लक्ष्यमा मेक्सिको रहेको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












