अबिरल वर्षाका कारण तराई जलमग्न, बाढीको खतरा, सर्तकता अपनाउन प्रशासनको आग्रह
मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
महाशाखाका अनुसार आज देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायत मुख्य नदीको जलबहाव एकदम तीव्र छ । जुनसुकै बेला जलमग्न बनाउन सक्ने भएकोले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पश्चिमका मोहना, बबई, पश्चिम राप्ती र आसपासका साना जलाधारमा भारी वर्षा भइरहेकाले जलसतह खतराकै आसपास रहेको बताइएको छ ।
पूर्व तथा मध्यक्षेत्रमा पनि भारी वर्षा भइरहेको छ । वर्षाबाट मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बूढीखोला, त्रियुगा, खाँडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोलालगायत चुरे आसपासबाट बहने सबै नदीहरूमा जलसतह बढेको छ । जुनसुकै बेला खतरा निम्त्याउन सक्नेतर्फ सचेत रहन सरकारले आग्रह गरेको छ ।
यस्तै सोमबार कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।
मंगलबार कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नदेखिएको प्रायः सबै मुख्य नदीमा बहाव विस्तारै घट्दै जाने अनुमान महाशाखाको छ । आइतबार गोरखा, धादिङ, लमजुङ, कास्कीको केही स्थान तथा सोमबार गोरखा, धादिङ, लमजुङ, कास्कीको अतिरिक्त काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहाडका साना नदीमा पनि एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी चुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने क्रममा हुने अनुमान गरिएकाले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आइतबार र सोमबार सजकता अपनाउन भनिएको छ । आइतबार र सोमबार बागमती र नारायणी आसपासमा पनि सतर्क रहन आग्रह गरिएको महाशाखाको विज्ञप्तिमा भनिएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवामा ६३, पोखरामा ६२, सिमरामा ५१, धनकुटामा २७ तथा विराटनगर र धनगढीमा १०÷१० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २७ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।
Comments
अरु समाचार
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...












