शुशिला कार्कीले गरिन डा. केसी र गंगामायाको बचाउ, सरकार सामन्ती बनेको निष्कर्ष
अहिलेको सरकारको चरित्र पञ्चायतकालको सरकारभन्दा केहि फरक छैन
काठमाडाैं १९, असार । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले डा केसीको माग पूरा नगरेर सरकारले सामन्ती चरित्र देखाएको बताएकी छिन्।
मंगलबार राजधानीमा पब्लिक डिफेन्स एलाइन्सले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले सरकारले निषेधित क्षेत्र घोषणा गरेर सामन्ति चरित्र देखाएको भन्दै आक्रोस समेत पोखेकी छिन् ।
सम्बोधनका क्रममा उनले भनिन्, के बोल्ने, के नबोल्ने ? मलाई अचम्म लागिरहेको छ । ‘रघुकुल रीत सदा चली आयो’ भन्ने हाम्रो भनाइ छ । हिजोको सरकार पनि त्यही, आजको सरकार पनि त्यही । जनताले भोट दिन्छन्, आश गर्छन्, फेरि त्यही छ ।
यो मुलुकमा पञ्चायती व्यवस्थामा पनि त्यही थियो । जस, जसको सरकार आयो, आखिर हुने यही रहेछ । भाषणमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर ठूलठूला कुरा गरेको सुनिन्छ । तर, अन्ततः निचोडमा भन्ने हो भने सबैको स्वाभाव एउटै ।
सत्तामा हुनेलाई बन्दुकले जोगाएको छ, सेनाले जोगाएको छ, प्रहरीले जोगाएको छ तर गरिब जनतालाई भने कसले जोगाउने ? विगतमा १५ हजार मान्छे मारिए तर शासन व्यवस्था फेरिएन अझै यस्तै स्थिति रह्यो भने ३० हजार मान्छे मारिन्छन् ।
पूर्व प्रधान न्यायाधीश कार्कीले १५ हजार जनता मारेर बनेको सरकारको कदम देख्दा दु:ख लागेको बताइन्। संविधानले शिक्षा र स्वास्थ्यमा जनताको पहुँच हुनुपर्छ भने पनि सरकार त्यस्को विरुद्धमा गएको उनको तर्क थियो। शान्तिपूर्ण भेला हुन, आन्दोलन गर्न पाइने सामान्य अधिकारलाई सरकारले बञ्चित गरेको कार्कीको कथन छ। कार्कीले भनिन्, ‘डाक्टर केसीले संविधानमा भएको अधिकार माग्दा कसरी विद्रोही भयो। अब सडकमा, अस्पतालमा बसेर शान्तिपूर्ण माग राख्न नपाउने? त्यसो भए जंगल गएर माग राख्ने? त्यसो गर्दा उहाँको माग कसले सुन्छ?’
उनले भावुक हुँदै भनिन्, प्रतिपक्षमा बसेका बेला सडकका बार भत्काउने, निषेधाज्ञा पनि नचाहिने । आज सरकारमै हुनुहुनेहरुले ‘लौ ठाउँठाउँमा निषेधाज्ञा लगाउने भयो रे’ भनेको मैले सुनेकी छु । स्वतन्त्र न्यायपालिका पनि चाहिने, धरपडक गर्नासाथ छुटाउनुपर्ने । जब सत्तामा आयो, अदालत पनि परतन्त्र हुनुपर्ने, सबै निषेधाज्ञा हुनुपर्ने, बोल्न नपाइने । यो त ‘रघुकुल रीत सदा चली आयो’ नभनेर के भन्ने ?
व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ । दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन । सडकमै आएर बोल्नुपर्छ, उपयुक्त ठाउँ, जहाँबाट सुनिन्छ, त्यहीँ आएर बोल्नुपर्छ । यो सरकार गठन हुनुभन्दा पनि जतिबेला उहाँहरु सरकारमा हुनुहुन्नथ्यो, त्यही ठाउँमा उभिनुहुन्थ्यो । निस्किएर आएपछि पनि त्यही ठाउँमा उभिनुपर्छ ।
सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ । मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खतम हुनुहुँदोरहेछ ।
डा केसीको लडाई तीन करोड नेपालीको लागि भएकाले सबैले साथ दिनुपर्ने कार्कीको तर्क छ। जायज मागलाई साथ नदिएर चुप बस्नु आफैप्रति अन्याय हुने कार्कीले बताइन्। भनिन्, ‘डा केसीलाई साथ नदिनु भनेको तीन करोड नेपालीहरुलाई अन्याय गर्नु हो।’
कार्कीले गंगामाया अधिकारीको विषयमा पनि सबैले साथ दिनुपर्ने बताइन्। भनिन्, ‘गगांमायालाई म न्यायमुर्ति मान्छु। उनी अनशन बस्दाबस्दै मरिन भने देशको लागि कलंक हुनेछ। इतिहासले हामीलाई सराप्नेछ।’
अन्त्यमा ऊनले थपिन, मेरो अनुरोध छ, अब त जाग्नुपर्छ । यो सरकार आउला, केके न गर्ला भन्ने थियो । रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्छ । तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु …. । जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन ? हावा कुरा गरेर मात्र हुन्छ ?
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












