शुशिला कार्कीले गरिन डा. केसी र गंगामायाको बचाउ, सरकार सामन्ती बनेको निष्कर्ष
अहिलेको सरकारको चरित्र पञ्चायतकालको सरकारभन्दा केहि फरक छैन
काठमाडाैं १९, असार । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले डा केसीको माग पूरा नगरेर सरकारले सामन्ती चरित्र देखाएको बताएकी छिन्।
मंगलबार राजधानीमा पब्लिक डिफेन्स एलाइन्सले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले सरकारले निषेधित क्षेत्र घोषणा गरेर सामन्ति चरित्र देखाएको भन्दै आक्रोस समेत पोखेकी छिन् ।
सम्बोधनका क्रममा उनले भनिन्, के बोल्ने, के नबोल्ने ? मलाई अचम्म लागिरहेको छ । ‘रघुकुल रीत सदा चली आयो’ भन्ने हाम्रो भनाइ छ । हिजोको सरकार पनि त्यही, आजको सरकार पनि त्यही । जनताले भोट दिन्छन्, आश गर्छन्, फेरि त्यही छ ।
यो मुलुकमा पञ्चायती व्यवस्थामा पनि त्यही थियो । जस, जसको सरकार आयो, आखिर हुने यही रहेछ । भाषणमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर ठूलठूला कुरा गरेको सुनिन्छ । तर, अन्ततः निचोडमा भन्ने हो भने सबैको स्वाभाव एउटै ।
सत्तामा हुनेलाई बन्दुकले जोगाएको छ, सेनाले जोगाएको छ, प्रहरीले जोगाएको छ तर गरिब जनतालाई भने कसले जोगाउने ? विगतमा १५ हजार मान्छे मारिए तर शासन व्यवस्था फेरिएन अझै यस्तै स्थिति रह्यो भने ३० हजार मान्छे मारिन्छन् ।
पूर्व प्रधान न्यायाधीश कार्कीले १५ हजार जनता मारेर बनेको सरकारको कदम देख्दा दु:ख लागेको बताइन्। संविधानले शिक्षा र स्वास्थ्यमा जनताको पहुँच हुनुपर्छ भने पनि सरकार त्यस्को विरुद्धमा गएको उनको तर्क थियो। शान्तिपूर्ण भेला हुन, आन्दोलन गर्न पाइने सामान्य अधिकारलाई सरकारले बञ्चित गरेको कार्कीको कथन छ। कार्कीले भनिन्, ‘डाक्टर केसीले संविधानमा भएको अधिकार माग्दा कसरी विद्रोही भयो। अब सडकमा, अस्पतालमा बसेर शान्तिपूर्ण माग राख्न नपाउने? त्यसो भए जंगल गएर माग राख्ने? त्यसो गर्दा उहाँको माग कसले सुन्छ?’
उनले भावुक हुँदै भनिन्, प्रतिपक्षमा बसेका बेला सडकका बार भत्काउने, निषेधाज्ञा पनि नचाहिने । आज सरकारमै हुनुहुनेहरुले ‘लौ ठाउँठाउँमा निषेधाज्ञा लगाउने भयो रे’ भनेको मैले सुनेकी छु । स्वतन्त्र न्यायपालिका पनि चाहिने, धरपडक गर्नासाथ छुटाउनुपर्ने । जब सत्तामा आयो, अदालत पनि परतन्त्र हुनुपर्ने, सबै निषेधाज्ञा हुनुपर्ने, बोल्न नपाइने । यो त ‘रघुकुल रीत सदा चली आयो’ नभनेर के भन्ने ?
व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ । दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन । सडकमै आएर बोल्नुपर्छ, उपयुक्त ठाउँ, जहाँबाट सुनिन्छ, त्यहीँ आएर बोल्नुपर्छ । यो सरकार गठन हुनुभन्दा पनि जतिबेला उहाँहरु सरकारमा हुनुहुन्नथ्यो, त्यही ठाउँमा उभिनुहुन्थ्यो । निस्किएर आएपछि पनि त्यही ठाउँमा उभिनुपर्छ ।
सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ । मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खतम हुनुहुँदोरहेछ ।
डा केसीको लडाई तीन करोड नेपालीको लागि भएकाले सबैले साथ दिनुपर्ने कार्कीको तर्क छ। जायज मागलाई साथ नदिएर चुप बस्नु आफैप्रति अन्याय हुने कार्कीले बताइन्। भनिन्, ‘डा केसीलाई साथ नदिनु भनेको तीन करोड नेपालीहरुलाई अन्याय गर्नु हो।’
कार्कीले गंगामाया अधिकारीको विषयमा पनि सबैले साथ दिनुपर्ने बताइन्। भनिन्, ‘गगांमायालाई म न्यायमुर्ति मान्छु। उनी अनशन बस्दाबस्दै मरिन भने देशको लागि कलंक हुनेछ। इतिहासले हामीलाई सराप्नेछ।’
अन्त्यमा ऊनले थपिन, मेरो अनुरोध छ, अब त जाग्नुपर्छ । यो सरकार आउला, केके न गर्ला भन्ने थियो । रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्छ । तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु …. । जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन ? हावा कुरा गरेर मात्र हुन्छ ?
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












