विश्वकप क्वाटरफाइनलमा आज उरुग्वे र फ्रान्स, ब्राजिल र बेल्जियम भिड्दै
काठमाडौँ २२, असार । रुसमा जारी विश्वकप फुटबलको क्वाटर फाइनल खेलमा आज २ खेलमा ४ टोली भिड्दैछन् ।
बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दै छन् भने पौने १२ बजेदेखि सुरु हुने खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन्। ४ टोली मध्ये २ टोली सेमिफाइनलमा पुग्ने छन् भने २ टोली विश्वकपबाट बाहिरीने छन् ।
उरुग्वे र फ्रान्स
विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स नेपाली समयअनुसार साँझ ७ः४५ बजे भिड्नेछन् । फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आज दुबै टोलीले सेमिफाइनलको यात्रा तय गर्नका लागि कडा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।
ब्राजिल र बेल्जियम
ब्राजिल र बेल्जियमबीच हुने खेललाई पनि आजको कडा प्रतिस्पर्धा हुने खेलको रुपमा हेरिएको छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।
क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।
शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।
क्वाटर फाइनलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।
खेल तालिका यस्तो छ:
Comments
अरु समाचार
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...











