अनुभूति: मनकामना मातासंगको दर्शनभेटमा के कस्तो भयो ?
काठमाडाैं २३, असार । केहिदिन देखि नेपालमा परेको अविरल वर्षाका कारण तराइ डुबानमा परेको थियो भने पहाडमा पहिरोमा ।
लगातारको वर्षाले केहिले ज्यान गुमाउनु पर्यो भने कोहि घरवारविहिन बन्न पुगे । यि यस्तै घटनाक्रमले पत्र पत्रिका देखि अनलाइन पोर्टलका पेजहरु भरिएका थिए । फलानो ठाउँमा बाढिले वस्ती डुबानमा, फलानो ठाउँमा बाढिले यति मान्छे, पशु चाैपाया बगायो, फलानो ठाँउमा पहिरो जाँदा यतिजनाको मृत्यु !
यी सस्तै कुराले प्राथमिकता पाइरहेका बेला एउटा पोजना बनेको थियो, मनकामना दर्शनमा निस्कने ।
असार २० गते मनकामना माताको दर्शनका लागि मनकामना जाने निधो भएको थियो । सोहि दिन भने नारायाणगढ-मुग्लिन सडकखण्डको टोपे खोला र कालीखोलामा झण्डै ८५ मिटर लामो पहिरो गएको थियो । मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बिहानको करिव ५:३० तिर पहिरो गएको अनुमान प्रहरीको थियो । उक्त दिन पनि रिमझिम वर्षा भइरहेकै थियो ।
तर, मनाकामना दर्शनमा जानु पर्ने नै थियो । बाढी पहिरोको समाचारले आत्तिएको मनमा झन तेल-घ्यु थपेको थियो ८५ मिटर लामो पहिरोले !
जसोतसो दिउसोको १/२ बजेसम्म बाटो एकतर्फी खुलेको भन्ने पुष्ट समाचार आउन थाले देखि भने मनमा केहि हदसम्म भएपनि आशा पलाएको थियो । हुनत मनकामना पहिरो गएको ठाउँ भन्दा यतै पर्छ तर पनि ट्राफिक जाम अनि मनको डरले भने कताकता कुतकुत्याइरहेको थियो ।
अन्तत: मनकामना जाने पक्का नै भयो र लागियो मनाकामना दर्शनका लागि साझँको झण्डै ४:५० तिर काठमाडाैंको नयाँ बसपार्क हुदै मनकामना तर्फ । यात्रा हुने भयो माइक्रोबसमा !
नयाँ बसपार्क देखि मनकामनासम्मको भाडा भने ३५० देखि बार्गेनिङ गर्दा रहेछन् । माइक्रो व्यवसायीहरु ! यस्तैमा तीन सय भाडा दिने गरि ८ जनाको समुह लाग्यो मनकामना दर्शनका लागि मनकामना तिर ।
थानकोट चेक पोस्टसम्म पुगुन्जेल सम्म ठिकठाक चलेको माइक्रोबसले गति समात्न सकेको थिएन तर जव नागढुङ्गा काटेर आोरालो लाग्यो त्यो देखि भने माइक्रोबसले सातो लिने गरि गति समात्यो । झण्डै ९ बजे तिर मनकामना पुगेको हाम्रो समुहका लागि डर थियो होटेलको व्यवस्था छैन की भन्ने । दर्शनार्थीको भिडले होटेल भरिभराउ पो छन् की यी यस्तै कुराले पिरोलेको हामिलाई त्यस्तो कुनै समस्या भएन । बरु होटेलवालाहरु मेरोमा आउनुस् भन्नेको भिडले एकछिन त अलमलमा पार्यो ।
अन्तत: बस्ने भइयो थकाली भान्सा घरमा । थकालीका साहु मनाङबाट होटेल व्यवसाय गर्न त्यहा आएका रे । उनीहरु आँबुखैरेनीमा १० वर्ष होटेल व्यवसाय गरेर २०५५ सालमा केबुल कार बन्ने भएपछि त्यहा सरेका रे ! होटेल साहुसँगको कुराकानी धेरैबेर भएन हामि थाकेका थियाैं खाना खाइसकेपछि सुत्न कोठा तिर लागि हाल्याैं ।
बिहान ७ बजे मनकामना दर्शनका लागि ढोका खुल्दो रहेछ हामी त्यहि पर्खाइमा थियाै र ढोका खुल्यो र ८ बजेतिर केबुलकार चढेर मनकामना दर्शनका लागि लाग्याैं त्यसतर्फ । बिहानको समय निराहार मन्दिर दर्शनका लागि निस्केका हामिलाई जतिसक्यो छिटो मन्दिर पुग्ने रहर थियो नै ।
केबुलकारबाट आोर्लेपछि सुरु हुन्छ मनकामनाको राैनक । मनकामना पुग्नुअघि बजारमा जुन दृष्य थियो त्यो साँच्चिकै रमाइलो थियो यसकारण की त्यहाँका व्यापारीहरुको तानाखिचि देखेर ।

व्यापारीहरु कराउदै भन्दै थिए आउनुस् एक सय मै फोटो तयार हुन्छ मनकामना को चिनो स्वरुप फोटो खिचाउनुस् फर्किदा तयार हुन्छ.., दाइ दिदि खाना खान चाँहि हाम्रोमा आउनुस् है । कोहिले भन्दै थिए हाम्रोमा सुद्व शाकाहारी बन्छ कोहिले भन्दै थिए मार्सी चामलको भात र मासुका विभिन्न परिकार छ । र, सस्तो पनि !
यी यस्तै कुराहरु छिचोल्दै मनकामना माताको मन्दिर पुगियो । मन्दिर दर्शनका लागि गएका हामि उत्साहित थियाैं । मन्दिरमा पुगेर दर्शन गर्याैं । तर, मन्दिर भने भुकम्पले भत्काएर फेरि बन्दै थियो । मनकामना मातालाई सानो ठाउँ बनाएर स्थापना गरिएको रहेछ । जहाँ पण्डितहरु श्रद्वालु भक्तजनहरुलाई पुजापाठ गराउदा रहेछन् । उनीहरु गोत्र, नाम सोध्दै भक्तजनले लगेको पुजा सामाग्री पुजा गरेर टिका लगाउदै पठाउदै गर्नमा अभ्यस्त थिए ।
मानिसहरु कसैले परेवा छोडिरहेका थिए त कसैले भाले, बोका बलि चढाइरहेका थिए । यता म भने जिर्णेदार मन्दिर कहिले बन्ला भनेर सोचिरहेको थिए । यस्तैमा एक जना होटेल व्यवसायीसंग कुराकानी गर्ने माैका मिल्यो र मैले सोधे के छ मनकामनाको स्थिति ? व्यापार कस्तो छ ? यी युस्तै कुराहरु । उनले मिश्रित जवाफ दिए भुकम्प पश्चात मानिसको आवतजावतमा केहि कमि आएको छ अहिले फेरि अफ सिजन पनि हो दशै पछि मान्छेको भिडले यहाँ खुट्टा टेक्ने ठाँउ नै पाइदैन । व्यापार त चलेकै छ । यहाको भाडा मात्रै सुन्दा पनि सातो जान्छ भनेपछि आंकलन गर्नुस् न । मैले होटेल संचालनको लागि भनेर तीन फ्लाट भडामा लिएको छु जसमा माथिको दुई फ्लाटमा १२ कोठा छन् यसको भाडा वार्षिक ८ लाख छ ।
अन्त्यमा मनकामना माताको दर्शनका लागि जाने मानिसका लागि सहज सेवा दिने व्यवस्था गरि दिए मात्रपनि आन्तरिक तथआ बाह्य पर्यटकको आकर्षणलाई थप टेवा पुग्थ्यो नै । र अर्को कुरा सरकारले त्यहाँ नियमित बजार अनुगमन र मन्दिरको पुननिर्माण छिटो गरिदियो भने मात्रै पनि केहि राहत हुन्थ्यो की ?
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












