बर्षेनि ५सय विद्यार्थी विदेशिन्छन् चिकित्सा शिक्षाका लागि
काठमाडौँ २९,असार।चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो ।
नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन पुगेको हो ।
नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबिबिएसका अध्ययनका लागि एक हजार ६३१ र बिडिएसमा ५५५ जना भर्ना भएका थिए भने ४९५ जना विद्यार्थी एमबिबिएस अध्ययनका लागि विदेशिएका छन् ।
त्यस्तो संख्या सन् २०१६ मा नेपालमा एमबिबिएसका लागि दुई हजार ५६, बिडिएसका लागि ४७० भर्ना भएका थिए । सोही वर्ष माथेमा प्रतिवेदन सरकारलाई बुझाइएको थियो । त्यही वर्ष ४७८ विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिएका थिए ।
यस्तै सन् २०१५ मा नेपालमा दुई हजार ९१ जनाले एमबिबिएस, ५०५ जनाले बिडिएसका लागि भर्ना भएका थिए भने एक हजार ४६१ विद्यार्थी विदेशमा अध्ययनका लागि गए ।
हरेक पटकको नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षामा विदेशमा अध्ययन गर्ने विद्यार्थीको खराब नतिजा आउन थालेपछि प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । सो व्यवस्था सन् २०१६ देखि लागू भएको हो ।
त्यस्तो व्यवस्था लागू भए पनि विदेशमा अध्ययन गरेर फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी काउन्सिलको परीक्षामा असफल हुने गरेका छन् ।
काउन्सिलले विदेश अध्ययन गर्न जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखे पनि यहाँ उत्तीर्ण भएकाहरु फर्केर आएपछिको परीक्षामा समेत अनुत्तीर्ण हुने गरेका छन् ।
उनीहरुको शैक्षिक तथा प्राविधिक गुणस्तरसमेत कमजोर रहने गरेको काउन्सिलको बुझाइ छ । विदेशका गुणस्तरीरहीन कलेजमा अध्ययन गरेकाले एमबिबिएसका विद्यार्थीले लगातार परीक्षा दिँदा समेत काउन्सिल परीक्षा उत्तीर्ण हुन सकेका छैनन् ।
काउन्सिलको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने विदेशमा एमबिबिएस अध्ययन गरेर आएका ६५० जना विद्यार्थी लगातार लाइसेन्सको परीक्षामा अनुत्तीर्ण भइरहेका छन् । विशेषज्ञ हासिल गरेर आएका १२५ चिकित्सकले पनि परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् ।
परीक्षा उत्तीर्ण नगर्दासम्म उनीहरुले चिकित्सकीय अभ्यास गर्न पाउदैँनन् । विदेश गएर अध्ययन गरेर नेपाल फर्किएका एमबिबिसका विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी चिकित्सक दर्ता परीक्षामा अनुत्तीर्ण हुने गरेको तथ्यांकले उनीहरुले अध्ययन गर्ने कलेजको गुणस्तरीयता कमजोर देखाउने गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटा विदेशमा एमबिबिएस अध्ययन गर्न जाने विद्यार्थीको गुणस्तर कमजोर रहेको पाइएको बताउछन ।
उनले भने ,‘‘नेपालबाटै प्रवेश परीक्षा पास भएर गएका विदेशमा गुणस्तरहीन मेडिकल कलेजमा अध्ययन गर्छन् र नेपालको अनुमति परीक्षामा असफल हुन्छन् । हामीले विदेशमा गुणस्तरीयता अनुगमन गर्न सक्दैनौँ ।’’
काउन्सिलका अध्यक्ष बाँस्कोटा विदेश अध्ययन गरेर आएका विद्यार्थीको गुणस्तरीयताका बारेमा माथेमा प्रतिवेदनले सम्बोधन नगरेको बताउनुहुन्छ । ‘‘माथेमा प्रतिवेदनले केही सम्बोधन गर्न छुटाएको छ, ती विषय महत्वपूर्ण छन्, त्यो सम्बोधन नगर्दासम्म माथेमा प्रतिवेदन डा गोविन्द केसीले भने जस्तो अक्षरशः सम्बोधन हुन सक्दैन ।’’
प्रतिवेदनले नेपालमा सञ्चालन भइरहेका २३ मेडिकल कलेजलाई गुणस्तरीयता, भौतिक पूर्वाधारलगायतका कुरा छुट्टाएर वर्गीकरण गर्न नसकेको, विदेशमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तरीय मापनबारे केही उल्लेख नभएको बताए।
उनले माथेमा प्रतिवेदनमा हरेक वर्ष करीब दुई हजार देशविदेशमा अध्ययन गरेका एबिबिएस चिकित्सक उत्पादन हुने उल्लेख गरिएको प्रसंग उल्लेख गर्दै भन्नुभयो,‘‘त्यसमध्ये नेपालमा करीब दुई हजार चिकित्सकमध्ये ४० प्रतिशत विदेशी विद्यार्थी हुन्, अध्ययन सकिएपछि उनीहरु घर फर्किन्छन् उनीहरुलाई पनि नेपालकै चिकित्सकको रुपमा समावेश गरिएको छ ।’’
त्रिभुवन विश्वविद्यालयका आँगिक कलेजमा ३५ प्रतिशत र काठमाडौँ विश्वविद्यालयमा ४० प्रतिशत विदेशी विद्यार्थीका लागि कोटा छुट्टाइएको छ ।
सन् २०१५ भन्दा पहिले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा पास गर्नुपर्ने बाध्यता थिएन । तर विदेशबाट एमबिबिएस अध्ययन गरेर आएका चिकित्सक लाइसेन्सको परीक्षामा अनुत्तीर्ण हुने क्रम बढेपछि काउन्सिलले देशबाहिर जानेले स्वदेशबाटै प्रवेश परीक्षा पास गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।
काउन्सिलका अध्यक्ष बाँस्कोटा बाहिर जान कडाइ गरिएको केही देशका मेडिकल कलेजमा अध्ययन नगर्न आग्रह गर्दासमेत विद्यार्थी गुणस्तरहीन कलेजमा अध्ययनका लागि जाने क्रम रोक्न नसकिएको बताए।
काउन्सिलले सन् २०१५ मा नै बंगलादेशका ३६ मेडिकल कलेजलाई कालो सूचीमा राख्दै ती कलेजमा अध्ययनका लागि नजान भनेको थियो ।
विदेशको पढाइ खर्च धेरै गुणस्तर कम
नेपाल सरकारले एबिबिएस अध्ययनका लागि साढे रु ३८ लाख शुल्क तोकेको छ । नेपालमा चिकित्सा शिक्षा छिमेकी देशभन्दा राम्रो रहेको पनि चिकित्सक बताउँछन् ।
बंगलादेश र चीनका उत्कृष्ट भनिएका कलेजमा एमबिबिएस अध्ययन गर्न करीब रु ६० लाख खर्च लाग्छ, भने कालोसूचीमा परिरहने कम गुणस्तरीय कलेजमा अध्ययन गर्न रु ३० देखि ३५ लाखसम्म शुल्क लाग्ने गरेको छ ।
विदेशमा अध्ययनका लागि शुल्क बाहेकको अन्य अदृश्य खर्च, बिदामा घर आउने जानेलगायतका खर्च पनि धेरै हुनेगर्छ । खर्चको तुलनामा अध्ययन सकेर आएका चिकित्सकको गुणस्तर भने कमजोर रहेको काउन्सिल नै स्वीर्काछ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












