बर्षेनि ५सय विद्यार्थी विदेशिन्छन् चिकित्सा शिक्षाका लागि
काठमाडौँ २९,असार।चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो ।
नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन पुगेको हो ।
नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबिबिएसका अध्ययनका लागि एक हजार ६३१ र बिडिएसमा ५५५ जना भर्ना भएका थिए भने ४९५ जना विद्यार्थी एमबिबिएस अध्ययनका लागि विदेशिएका छन् ।
त्यस्तो संख्या सन् २०१६ मा नेपालमा एमबिबिएसका लागि दुई हजार ५६, बिडिएसका लागि ४७० भर्ना भएका थिए । सोही वर्ष माथेमा प्रतिवेदन सरकारलाई बुझाइएको थियो । त्यही वर्ष ४७८ विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिएका थिए ।
यस्तै सन् २०१५ मा नेपालमा दुई हजार ९१ जनाले एमबिबिएस, ५०५ जनाले बिडिएसका लागि भर्ना भएका थिए भने एक हजार ४६१ विद्यार्थी विदेशमा अध्ययनका लागि गए ।
हरेक पटकको नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षामा विदेशमा अध्ययन गर्ने विद्यार्थीको खराब नतिजा आउन थालेपछि प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । सो व्यवस्था सन् २०१६ देखि लागू भएको हो ।
त्यस्तो व्यवस्था लागू भए पनि विदेशमा अध्ययन गरेर फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी काउन्सिलको परीक्षामा असफल हुने गरेका छन् ।
काउन्सिलले विदेश अध्ययन गर्न जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखे पनि यहाँ उत्तीर्ण भएकाहरु फर्केर आएपछिको परीक्षामा समेत अनुत्तीर्ण हुने गरेका छन् ।
उनीहरुको शैक्षिक तथा प्राविधिक गुणस्तरसमेत कमजोर रहने गरेको काउन्सिलको बुझाइ छ । विदेशका गुणस्तरीरहीन कलेजमा अध्ययन गरेकाले एमबिबिएसका विद्यार्थीले लगातार परीक्षा दिँदा समेत काउन्सिल परीक्षा उत्तीर्ण हुन सकेका छैनन् ।
काउन्सिलको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने विदेशमा एमबिबिएस अध्ययन गरेर आएका ६५० जना विद्यार्थी लगातार लाइसेन्सको परीक्षामा अनुत्तीर्ण भइरहेका छन् । विशेषज्ञ हासिल गरेर आएका १२५ चिकित्सकले पनि परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् ।
परीक्षा उत्तीर्ण नगर्दासम्म उनीहरुले चिकित्सकीय अभ्यास गर्न पाउदैँनन् । विदेश गएर अध्ययन गरेर नेपाल फर्किएका एमबिबिसका विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी चिकित्सक दर्ता परीक्षामा अनुत्तीर्ण हुने गरेको तथ्यांकले उनीहरुले अध्ययन गर्ने कलेजको गुणस्तरीयता कमजोर देखाउने गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटा विदेशमा एमबिबिएस अध्ययन गर्न जाने विद्यार्थीको गुणस्तर कमजोर रहेको पाइएको बताउछन ।
उनले भने ,‘‘नेपालबाटै प्रवेश परीक्षा पास भएर गएका विदेशमा गुणस्तरहीन मेडिकल कलेजमा अध्ययन गर्छन् र नेपालको अनुमति परीक्षामा असफल हुन्छन् । हामीले विदेशमा गुणस्तरीयता अनुगमन गर्न सक्दैनौँ ।’’
काउन्सिलका अध्यक्ष बाँस्कोटा विदेश अध्ययन गरेर आएका विद्यार्थीको गुणस्तरीयताका बारेमा माथेमा प्रतिवेदनले सम्बोधन नगरेको बताउनुहुन्छ । ‘‘माथेमा प्रतिवेदनले केही सम्बोधन गर्न छुटाएको छ, ती विषय महत्वपूर्ण छन्, त्यो सम्बोधन नगर्दासम्म माथेमा प्रतिवेदन डा गोविन्द केसीले भने जस्तो अक्षरशः सम्बोधन हुन सक्दैन ।’’
प्रतिवेदनले नेपालमा सञ्चालन भइरहेका २३ मेडिकल कलेजलाई गुणस्तरीयता, भौतिक पूर्वाधारलगायतका कुरा छुट्टाएर वर्गीकरण गर्न नसकेको, विदेशमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तरीय मापनबारे केही उल्लेख नभएको बताए।
उनले माथेमा प्रतिवेदनमा हरेक वर्ष करीब दुई हजार देशविदेशमा अध्ययन गरेका एबिबिएस चिकित्सक उत्पादन हुने उल्लेख गरिएको प्रसंग उल्लेख गर्दै भन्नुभयो,‘‘त्यसमध्ये नेपालमा करीब दुई हजार चिकित्सकमध्ये ४० प्रतिशत विदेशी विद्यार्थी हुन्, अध्ययन सकिएपछि उनीहरु घर फर्किन्छन् उनीहरुलाई पनि नेपालकै चिकित्सकको रुपमा समावेश गरिएको छ ।’’
त्रिभुवन विश्वविद्यालयका आँगिक कलेजमा ३५ प्रतिशत र काठमाडौँ विश्वविद्यालयमा ४० प्रतिशत विदेशी विद्यार्थीका लागि कोटा छुट्टाइएको छ ।
सन् २०१५ भन्दा पहिले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा पास गर्नुपर्ने बाध्यता थिएन । तर विदेशबाट एमबिबिएस अध्ययन गरेर आएका चिकित्सक लाइसेन्सको परीक्षामा अनुत्तीर्ण हुने क्रम बढेपछि काउन्सिलले देशबाहिर जानेले स्वदेशबाटै प्रवेश परीक्षा पास गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।
काउन्सिलका अध्यक्ष बाँस्कोटा बाहिर जान कडाइ गरिएको केही देशका मेडिकल कलेजमा अध्ययन नगर्न आग्रह गर्दासमेत विद्यार्थी गुणस्तरहीन कलेजमा अध्ययनका लागि जाने क्रम रोक्न नसकिएको बताए।
काउन्सिलले सन् २०१५ मा नै बंगलादेशका ३६ मेडिकल कलेजलाई कालो सूचीमा राख्दै ती कलेजमा अध्ययनका लागि नजान भनेको थियो ।
विदेशको पढाइ खर्च धेरै गुणस्तर कम
नेपाल सरकारले एबिबिएस अध्ययनका लागि साढे रु ३८ लाख शुल्क तोकेको छ । नेपालमा चिकित्सा शिक्षा छिमेकी देशभन्दा राम्रो रहेको पनि चिकित्सक बताउँछन् ।
बंगलादेश र चीनका उत्कृष्ट भनिएका कलेजमा एमबिबिएस अध्ययन गर्न करीब रु ६० लाख खर्च लाग्छ, भने कालोसूचीमा परिरहने कम गुणस्तरीय कलेजमा अध्ययन गर्न रु ३० देखि ३५ लाखसम्म शुल्क लाग्ने गरेको छ ।
विदेशमा अध्ययनका लागि शुल्क बाहेकको अन्य अदृश्य खर्च, बिदामा घर आउने जानेलगायतका खर्च पनि धेरै हुनेगर्छ । खर्चको तुलनामा अध्ययन सकेर आएका चिकित्सकको गुणस्तर भने कमजोर रहेको काउन्सिल नै स्वीर्काछ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












