‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए : लुम्बिनी अञ्चल अस्पतालमा
बुटवल २९,असार। लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ ।
उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिए।
यो रोग देखापरेपछि रगतको कमी हुन्छ र रक्तकोषिका टुक्रिन्छ भन्दै उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला स्थापना भएको २० दिनमात्रै भएको छ जसका कारण बिरामीलाई अस्पतालमा त्यसको उपचार हुन्छ भन्ने विषयमा समेत जानकारी छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएका शाहले खासगरी जिल्लाको तिलोत्तमा नगरपालिका, कपिलवस्तु र नवलपरासीबाट ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी आएको बताए ।
उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला लुम्बिनी अञ्चल अस्पतालमा छ भन्ने विषयमा जानकारी नभएका कारण त्यसबाट प्रभावित बिरामी कम देखिएको अब बढ्दै जाने देखिन सक्छ भने।
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले प्रयोगशाला भए पनि स्थान अभावका कारण समस्या देखिएको उल्लेख गर्दै प्रयोगशाला स्थापना गरेका त छौँ तर स्थान अभावको समस्या हटाउन छलफल भएको बताए।
उनले ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामीका लागि भवन बनाउन रु २४ करोड माग भएको उल्लेख गर्दै यसको औषधि अस्पतालमा निःशुल्क पाइन्छ भने।
दाङ र बर्दियाका थारु समुदायमा ‘सिकलसेल एनिमिया’ बाट प्रभावितको विषयमा उपचारको व्यवस्था मिलाउन नसकेको भन्दै प्रदेश नं ५ कोे प्रदेशसभामा प्रदेशसभा सदस्यले प्रदेश सरकारको आलोचना गरेका थिए । तर प्रदेश सरकारले ‘सिकलसेल एनिमिया’ प्रभावितका लागि रु एक लाख सहयोग उपलब्ध गराउँदै आएको छ । सात लाखभन्दा बढी थारु समुदायको बाहुल्यता रहेको प्रदेश नं ५ को बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासीमा थारु जातिको बाहुल्यता रहेको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












