उचित व्यवस्थापनको अभावमा जालिम बाबा मजार ओझेलमा
नवलपरासी ३१,असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरस्थित जालिम शाह बाबास्थलको मजार उचित व्यवस्था तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।
मुस्लिम समुदायका लागि प्रख्यात मानिने सो स्थलको समयमै संरक्षण तथा प्रवद्र्धन नहुँदा मजार ओझेलमा परेको हो ।
सात वर्षदेखि व्यापक चर्चा पाएको जालिम बाबाको स्थलमा भक्तजनको घुइँचो लाग्ने गथ्र्याे तर त्यस मजारको उचित व्यवस्थापना तथा प्रचारप्रसार नहुँदा मजार स्थल अहिले ओझेलमा परेको स्थानीयवासीको भनाइ छ ।
जालिम शाह बाबाको मजारमा गए रोग निको हुने विश्वास बढेपछि मजारस्थल एकाएक चर्चा पाएको थियो ।
सो धार्मिकस्थलमा छिमेकी जिल्लालगायत भारतबाट पनि बिरामी आएर आउने गर्दछन् । धार्मिक आस्था र विश्वास बोकेको यस ठाउँको उचित व्यवस्थापन तथा प्रचारप्रसार नहुँदा मा ओझेलमा परेको स्थानीयवासी हुसैन अन्सारीको भनाइ छ ।
मजारका व्यवस्थापन तथा प्रद्धर्नका लागि विभिन्न निकायबाट अनुदान आए तापनि त्यसको उचित संरक्षण र प्रवद्र्धन नहुँदा पछिल्लो पटक यो क्षेत्र ओझेलमा पर्दै आएको अवस्था देखिन्छ । यस क्षेत्रको उचित प्रचारप्रसार साथै संरक्षण नहुँदा भक्तजनको विश्वास घट्दै गएको र मजार ओझेलमा पर्दै गएको अन्सारीको भनाइ छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












