जडीबुटी निर्यात घट्यो
बागलुङ ३१, असार । यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४-७५ मा घटेको छ ।
गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकामा यो वर्ष जम्मा १७ हजार १९ किलो निर्यात भएको हो । जुडीबुटी निर्यातबाट रु एक लाख ९८ हजार ३४० राजश्व उठेको जिल्ला वन कार्यालय बागलुङले जनाएको छ । आव २०७३÷७४ मा दुई रु लाख ७५ हजार ७२५ राजश्व संकलन भएको थियो ।
जिल्लाबाट २० प्रजातिका जडीबुटी निर्यात हुने गरेको जिल्ला वन अधिकृत विशाल घिमिरेले बताए । उहाँका अनुसार सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिस, साधारण च्याउलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ ।
“यहाँको जंगलमा प्रशस्त जडीबुटी छ, अनुसन्धान र पहिचान हुन सकेको छैन,” अधिकृत घिमिरेले भने, “निर्यात न्यून मात्रामा छ ।” उनले जडीबुटी संकलनका लागि ठूला व्यवसायी जिल्लामा नआएको उल्लेख गरे । व्यक्तिगत प्रयोग र थोरै परिमाणमा मात्र जडीबुटी संकलनका लागि वन कार्यालयबाट इजाजत लिनेको संख्या बढी छ । “थोरैको पूर्जी लिने तर धेरै संकलन गरेर अवैध रुपमा निकासी भएको हुनसक्छ,” अधिकृत घिमिरेले भने, “त्यसलाई रोक्न उपयुक्त विधि निर्माण गर्ने योजनामा छौँ ।”
जिल्ला वन कार्यालयले इजाजत लिएका व्यक्तिलाई जडीबुटी संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटीको कारोबार गर्ने मुख्य व्यवसायीले खटाएका प्रतिनिधि संकलनमा खटिने गरेका छन् । वनको चारकिल्ला र जडीबुटीको मात्रा ताकेर पूर्जी दिने गरिएको सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले बताए । सीप, उपकरण र प्रशोधन केन्द्रको अभावले जडीबुटीको बजारीकरण हुन नसकेको उनको भनाइ छ ।
परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरी बजारीकरण गर्न सकिए वार्षिक करोडौँ रुपैयाँ जिल्लामा भित्र्याउन सकिने देखिन्छ । जिल्लाको ढोरपाटन, घुम्टे, ताराखोला, गाजाको दहलगायतका क्षेत्र जडीबुटीका लागि पकेट ठाउँ मानिन्छन् । जडीबुटीखेती कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अम्रिसो र लौठसल्ला रोपण गर्दैआएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












