बैंकिङ सेवाबाट वञ्चित
नवलपरासी ३२, असार । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् ।
बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् ।
सिमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेको छैन । उनीहरु बैंकिङ कारोवारका लागि सदरमुकाम परासी तथा राजमार्ग आसपासका क्षेत्रमा आउने गरेका छन् ।
“सिमावर्ती क्षेत्रमा बैंकि नहुँदा व्यापार व्यवसाय गर्न कठिन भएको छ,”उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य वैजनाथ जयसवालले बताए।
सुरक्षाको कारण देखाएर सरकारी तथा निजी क्षेत्रका बैंकले आफ्नो शाखा ग्रामीण तथा दुर्गम भेगमा स्थापना गरेका छैनन् । द्वन्द्वकालीन समयमा शान्ति सुरक्षाका कारण विस्थापित भएका बैंक अझै पुनःस्थापना हुन सकेका छैनन् ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विस्थापित बैंकका शाखा तत्काल पुनःस्थापना गर्न तथा थप नयाँ बैंकका शाखा विस्तार गर्न आवश्यक रहेको बताए ।
“सुरक्षाको कुनै समस्या छैन,” उनले भने, “बैंकलाई कस्तो सुरक्षा आवश्यक पर्छ, हामी उपलब्ध गराउँछौँ ।”
सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा हालसम्म पाल्हिन्दन गाउँपालिकामा ‘घ’ वर्गको लद्युवित्त संस्थाबाहेक कुनै पनि बैंक स्थापना हुन सकेको छैन । सीमा क्षेत्रमा बैंक तथा वित्तीय संस्था स्थापनाका लागि निजी क्षेत्रबाट पहल भइरहेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए ।
महेशपुरमा द्वन्द्वकालमा विस्थापित नेपाल बैंक लिमिटेडको शाखा अझै स्थापना हुन सकेको छैन । बेलाटारीमा शाखा स्थापनाको तयारी भइरहेको शाखा प्रबन्धक भोजराज काफ्लेले बताए ।
जिल्लाको ग्रामीण भेगमा बैंकका शाखा स्थापना गर्न पहल गरिने प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताए । पश्चिम नवलपरासीको पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा बैकका शाखा स्थापना हुन सकेको छैन ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












