राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ
हेल्सिन्की १, साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपबारे दिएको मन्तव्यमा रुसको बचाउ भएको भनी अमेरिकीहरुले राष्ट्रपति ट्रम्पको विरोध गरका छन् ।
सोमबार हेल्सिन्कीमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएको बताइएको छ ।
उनको यो भनाई अमेरिकी गुप्तचर निकायले गरेको भनिएको अनुसन्धानको विपरित भएको पनि बताइएको छ । उनले अमेरिकी उक्त निकायको विपरित आफ्नो भनाई राखेको भन्दै अमेरिकी अधिकारीहरुले पनि विरोध गरेका जनाइएको छ ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । उनीहरुको संलग्नता देखिएको पनि अधिकारीहरुले जनाएका थिए ।
त्यसपछि राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस विषयमा कुनै कुराकानी भएको थिएन । उनीहरुबीच यो पहिलो पटक भेटवार्ताका क्रममा यस विषयमा कुरा उठेको हो ।
राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप या कुनै पनि प्रकृतिको साठगाँठ गर्नुपर्ने कुनै कारण नै नभएको राष्ट्रपति ट्रम्पले बताएको समाचारमा जनाइएको छ ।
सो भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले पनि रुसले अमेरिकाको कुनै पनि मामिलामा विगतमा पनि कहिल्यै हस्तक्षेप नगरेको बताउँदै रुसले यसरी अमेरिकामा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए ।
फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार यी दुई जना नेताबीच लामो भेटवार्ता भएको थियो । हेल्सिन्कीबाट प्राप्त समाचारमा उनीहरुबीच यहाँ एक्लाएक्लै करिब दुइ घण्टा लामो भेटवार्ता भएको थियो ।
भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि ट्रम्पलाई यस विषयमा प्रश्न गरिएको थियो । त्यस क्रममा पनि उहाँले यस्तो हस्तक्षेपको विषयमा आफूलाई विश्वास नरहेको धारणा राखेका थिए ।
अमेरिकी गुप्तचर निकायले उक्त निर्वाचनमा हिलारी क्लिन्टनलाई पछिपार्न राज्यद्वारा प्रायोजित साइबर आक्रमण गरेको र सामाजिक सञ्जालमा उनका विरुद्धका समाचारहरू राख्ने काममा रुसका विज्ञहरुले सघाएको निष्कर्ष निकालेका थिए ।
उता राष्ट्रपति ट्रम्पले पनि आफूले रुसका राष्ट्रपतिसँग गरेको कुराकानी सकारात्मक रहेको बताएको थियो । उनले उक्त वार्ताले सम्बन्ध सुधारमा एक सकारात्मक भूमिका निर्वाह गरेको बताए ।
राष्ट्रपति ट्रम्प युरोपमा हालैमात्र गर्नुभएको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न सोमबार हेल्सिन्की आइपुगेका हुन् । बेलायतमा राष्ट्रपति ट्रम्पको भने विरोध भएको थियो ।
सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको बारेमा समीक्षा गर्दै आगामी दिनमा सम्बन्ध सुधारका लागि पनि कुराकानी भएको बताइएको थियो ।
अमेरिकाले केही महिनाअघिसम्म रुसको विरोध गरेर रुसी कूटनीतिज्ञलाई देश निकाला समेत गरेको थियो । त्यसपछि बेलायत र केही युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए ।
यो कार्यको नेतृत्व गरेको अमेरिकासँग रुसको पनि आक्रोस रहेको थियो । तर पछिल्लो समयमा भने यी दुई देशबीच एकाएक सम्बन्ध सुधारका काम भएका छन् । त्यसैको परिणामस्वरुप सोमबार उच्चवार्ता भएको हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












