राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ
हेल्सिन्की १, साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपबारे दिएको मन्तव्यमा रुसको बचाउ भएको भनी अमेरिकीहरुले राष्ट्रपति ट्रम्पको विरोध गरका छन् ।
सोमबार हेल्सिन्कीमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएको बताइएको छ ।
उनको यो भनाई अमेरिकी गुप्तचर निकायले गरेको भनिएको अनुसन्धानको विपरित भएको पनि बताइएको छ । उनले अमेरिकी उक्त निकायको विपरित आफ्नो भनाई राखेको भन्दै अमेरिकी अधिकारीहरुले पनि विरोध गरेका जनाइएको छ ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । उनीहरुको संलग्नता देखिएको पनि अधिकारीहरुले जनाएका थिए ।
त्यसपछि राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस विषयमा कुनै कुराकानी भएको थिएन । उनीहरुबीच यो पहिलो पटक भेटवार्ताका क्रममा यस विषयमा कुरा उठेको हो ।
राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप या कुनै पनि प्रकृतिको साठगाँठ गर्नुपर्ने कुनै कारण नै नभएको राष्ट्रपति ट्रम्पले बताएको समाचारमा जनाइएको छ ।
सो भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले पनि रुसले अमेरिकाको कुनै पनि मामिलामा विगतमा पनि कहिल्यै हस्तक्षेप नगरेको बताउँदै रुसले यसरी अमेरिकामा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए ।
फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार यी दुई जना नेताबीच लामो भेटवार्ता भएको थियो । हेल्सिन्कीबाट प्राप्त समाचारमा उनीहरुबीच यहाँ एक्लाएक्लै करिब दुइ घण्टा लामो भेटवार्ता भएको थियो ।
भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि ट्रम्पलाई यस विषयमा प्रश्न गरिएको थियो । त्यस क्रममा पनि उहाँले यस्तो हस्तक्षेपको विषयमा आफूलाई विश्वास नरहेको धारणा राखेका थिए ।
अमेरिकी गुप्तचर निकायले उक्त निर्वाचनमा हिलारी क्लिन्टनलाई पछिपार्न राज्यद्वारा प्रायोजित साइबर आक्रमण गरेको र सामाजिक सञ्जालमा उनका विरुद्धका समाचारहरू राख्ने काममा रुसका विज्ञहरुले सघाएको निष्कर्ष निकालेका थिए ।
उता राष्ट्रपति ट्रम्पले पनि आफूले रुसका राष्ट्रपतिसँग गरेको कुराकानी सकारात्मक रहेको बताएको थियो । उनले उक्त वार्ताले सम्बन्ध सुधारमा एक सकारात्मक भूमिका निर्वाह गरेको बताए ।
राष्ट्रपति ट्रम्प युरोपमा हालैमात्र गर्नुभएको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न सोमबार हेल्सिन्की आइपुगेका हुन् । बेलायतमा राष्ट्रपति ट्रम्पको भने विरोध भएको थियो ।
सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको बारेमा समीक्षा गर्दै आगामी दिनमा सम्बन्ध सुधारका लागि पनि कुराकानी भएको बताइएको थियो ।
अमेरिकाले केही महिनाअघिसम्म रुसको विरोध गरेर रुसी कूटनीतिज्ञलाई देश निकाला समेत गरेको थियो । त्यसपछि बेलायत र केही युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए ।
यो कार्यको नेतृत्व गरेको अमेरिकासँग रुसको पनि आक्रोस रहेको थियो । तर पछिल्लो समयमा भने यी दुई देशबीच एकाएक सम्बन्ध सुधारका काम भएका छन् । त्यसैको परिणामस्वरुप सोमबार उच्चवार्ता भएको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












