फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई दिइयो भब्य सम्मान, हेर्नुहोस् स्वागतका ३/३ फोटो
पेरिस, १ साउन । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।
फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।
विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए ।
विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस विमानस्थलमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।
देशका विभिन्न स्थानमा फुटबल प्रशंसकले खुसियाली मनाएका थिए । केही ठाउँमा झडपसमेत भएको समाचार आएको थियो ।
पेरिसको केही स्थानमा युवाले पसलबाट रक्सीसमेत चोरेका थिए । यस्ता घटनाका बावजुद पनि प्रशंसकमा खुसियाली मनाउने उत्साहमा कुनै कमी नआएको बताइएको छ ।
यातायात विभागले पेरिसका केही स्टेशनमा खेलाडीको नाम राखेर खुसियाली मनाएको थियो । उक्त विभागले पेरिसमा मङ्गलबार यात्रुलाई निःशुल्क यात्रा पनि गराएको थियो ।
फ्रान्सले यो दोस्रो पटक विश्वकपको उपाधि हात पार्न सफल भएको हो । यसअघि सन् १९९८ मा पहिलो पटक यो उपाधि प्राप्त गरेको थियो । २० वर्षपछि फ्रान्सलाई यो सौभाग्य फेरी जुरेको छ ।
यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो ।
क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको उसको यात्रा पनि हालसम्मकै ठूलो सफलता थियो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा नै व्यापक चर्चा चलेको छ ।
साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडीप्रति दर्शाएको प्रेमले उनीहरुमा प्रेरणा प्राप्त भएको बताइएको थियो ।
दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्तगर्दै रोएका खेलाडीलाई राष्ट्रपति कोलिन्डाले प्रेमपूर्वक सान्त्वना दिएको दृश्य विश्वकै सञ्चारमा छाएको थियो ।
उता क्रोएसियामा पनि दोस्रो भएर फर्किएका आफना खेलाडीहरुलाई सरकार र सर्वसाधारण खेल प्रेमीहरुले भव्य स्वागत गरेका छन् ।
करिब ४१ लाख जनसङ्ख्या भएको यस मुलुकमा लाखौँ व्यक्तिको भीडले स्वागत गरी खुसियाली मनाएको दृष्य अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलले देखाएका छन् ।
रुसमा करिब एक महिना चलेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ ।
यस महाकुम्भको २२औँ संस्करण सन् २०२२ मा कतारमा आयोजना गर्ने तय भएको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












